भागवण्डा नमिलेपछि भाँडियाे एकता संयोजन समितिको बैठक
काठमाडौँ । आज बस्ने भनिएको पार्टी एकता संयोजन समितिको बैठक पदीय भागभण्डाबारे कुरा नमिलेपछि स्थगित भएको छ । एमाले नेता माधव कुमार नेपाल उपत्यका बाहिर गएका कारण बैठक स्थगित भनिएपनि पदीय भागवण्डाकै कारण रहेकाे बुझिएको छ ।
माआेवादीले अघि सारेका मन्त्रालयगत भागवण्डामा एमाले नेताहरुले सहमति नजनाएपछि बैठक स्थगित भएकाे हाे ।
त्यसपछि कुरा नमिल्ने भन्दै माधव नेपालले राैतहट जाने भनेर हतारिएपछि एमाले नेताहरुकाे पनि भागाभाग भएकाे पनि स्राेतले जनाएकाे छ । बैठक अब कहिले बस्ने भन्नेबारे टुंगो लागेको छैन ।