राजनीति मुख्य समाचार

देउवाका छाेरा जयवीर हाेमिए राजनितिमा

देउवाका छाेरा जयवीर हाेमिए राजनितिमा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एवम् नेतृ डा. आरजु राणा देउवा दम्पत्तिले अब छोरा जयवीर देउवालाई राजनीतिमा सक्रिय गराउने भएका छन् ।

 

प्रधानमन्त्रीबाट राजिनामा दिएर बालुवाटारबाट निजी निवास बुढानिलकण्ठ पुगेको केही बेरपछि देउवा दम्पत्तिबीच छोरा जयवीरलाई राजनीतिमा ल्याउने वा नल्याउने भन्नेबारेमा छलफल भएको जनाईएको छ ।

 

सुरुमा आरजु छोरा राजनीतिमा आउन हुन्न भन्ने पक्षमा थिईन् । तर देउवा भने छोरा भने छोरा सक्रिय राजनीति नै गराेस् भन्ने चाहन्छन् ।

 

देउवाले छोरा जयवीरलाई काङ्ग्रेसको भातृसंगठन मार्फत राजनीतिमा प्रवेश गराउने सोच बनाएका छन । देउवाले छोरालाई नेवि संघ वा तरुण दलको केन्द्रिय कमिटिमा मनोनित गर्ने र त्यस मार्फत नै आगामि महाधिवेसन सम्म पार्टीकै नेतृत्वमा ल्याउने सोच बनाएको बुझिएको छ ।

 

देउवाका छोरा अहिले २३ वर्षका छन् । उनी बेलायतको यूनिभर्सिटी अफ योर्कमा राजनीतिशास्त्रमा अध्ययनरत छन्।

 

जयवीरले बुवाको विरासत धान्न सक्लान् त ? यो भने अब बहसको विषय बनेको छ । जयवीर पनि राजनीतिशास्त्रकै विद्यार्थी भएकोले उनले सक्रिय राजनीति गर्छन् भन्ने पूर्वानुमान पहिले देखि नै थियो ।

 

तर, अहिले आएर देउवाले छोरालाई सक्रिय राजनीतिमा होम्याउनेगरि यस्तो निर्णय गरेका बतार्इएकाे छ ।

विशेष