राजनीति भिडियो

डम्बर खतिवडाको खँदिलो बहसः माओवाद ग्रन्थ हैन, पुरानै जबजको सान्दर्भिकता छैन (भिडियो)

नयाँशक्ति छोड्नेलाई डम्बर खतिवडाको प्रश्नः के बुझेर आउनुभो, के बुझेर हिँड्नुभो ?

डम्बर खतिवडाको खँदिलो बहसः माओवाद ग्रन्थ हैन, पुरानै जबजको सान्दर्भिकता छैन (भिडियो)

काठमाडौं । तीन शताब्दिदेखि विश्वभर बहसको विषय बन्दैआएको समाजवादको सान्दर्भिकता झनै प्रगाढ बन्दैआएको छ । अध्येताहरु यसबारे निरन्तर बहसमा छन् ।

 

‘कम्युनिष्ट’ बाहुल्य नेपालको संविधानसभाले त ‘समाजवाद उन्मुख’ भनेर संविधानमै उल्लेख गरेको छ (भलै समाजवाद उन्मुख व्यवहार छैन) ।

 

स्वभाविक रुपमा नेपालमा पनि यसबारे टिप्पणी र बहस जारी छ । चिन्तन र बहसमा जुटेका थोरै अध्येताहरु वर्तमान नेपाली समाजमा यसको सान्दर्भिकताबारे गहिरो अध्ययनमा छन् ।

 

तीमध्ये डम्बर खतिवडा एक हुन् । उनी नियमित अखवारी लेखनमा पनि सक्रिय छन् । खतिवडाको लेखन सन्तुलित र चोटिलो छ । पछिल्लो समय भने उनले पुस्तक नै तयार पारेका छन् ।

 

हालै बजारमा सार्वजनिक भएको उनको पुस्तक ‘समाजवादको यात्रा’ नेपाली राजनीतिलाई आलोचनात्मक रुपमा हेर्ने प्रभावकारी दस्तावेज हो ।

 

सन्दर्भवश नेपालका दुई ‘ठूला कम्युनिष्ट पार्टी’ नेकपा एमाले र माओवादी केन्द्रबीच एकता अभ्यास अन्तिम चरणमा पुगेको छ । दुबै पार्टीका नेताले समाजवादको बाटो ‘वाम एकता’बाटै सम्भव भएको तर्क गर्दैआएका छन् ।

 

यही सन्दर्भमाथि लेखक खतिवडासँग नेपालआजका लागि हरिराम रिमालले बहस गरेका छन् । उनले लोकतन्त्रको अभ्यास, समाजवादको बुझाइलाई नेपाली समाजसँग जोडेर ब्याख्या गरेका छन् ।

 

वैकलिप्क राजनीति

डा. बाबुराम भट्टराईको संयोजकत्वमा बनेको नयाँ शक्ति नेपालका नेता समेत हुन् खतिवडा । यस बहसमा उनले नयाँ शक्तिको अपब्याख्या भएको भन्दै बचाउ गरेका छन् ।

 

नयाँ शक्तिको परिक्षण २ वर्षमै हुन नसक्ने भएकाले हतारमा पार्टी छोड्नु राजनीतिक परिपक्वता नभएको उनले शंकेत गरे । खासगरी पछिल्लो समय नयाँ शक्तिमा आउने र जाने क्रम बढेको प्रसंगमा उनले यस्तो बताएका हुन् ।

 

माओवाद र जबज

माओवादी केन्द्रले राजनीतिक दर्शन मान्दैआएको ‘माओवाद’ र नेकपा एमालेले मार्गदर्शक सिद्धान्त मान्दैआएको ‘जनताको बहुदलीय जनवाद’ बारे पनि वस्तुवादी बहस भएको छ ।

 

खतिवडाले जबजमा केही सैद्धान्तिक विरोधाभाष रहेको औंल्याएका छन् । साथै यसलाई वर्तमान सन्दर्भमा परिमार्जन गर्नैपर्ने उनले बताए ।

 

स्मरणीय के छ भने, ‘माओवाद’ र ‘जबज’ बारे एमाले र माओवादीभित्रै नेताहरु अन्योल छन् । यसमाथि केही नेताले बहस र ब्याख्याको पहल गरे पनि पार्टी नेतृत्वबाटै त्यसलाई अघोषित रुपमा बन्देज लगाएका छन् । खतिवडाले नेपालआजसँग खुलेर ब्याख्या गरेका छन् ।

 

विशेष