गजल
प्रदिप दाहाल
एउटा एस्तो समय थियो- साथ मा उनि थिइन
मैले बोल्ने शब्द को हर - बात मा उनि थिइन
मुस्कुराउँथीन सँगै उनि ' रूँदा सँगै रुन्थीन
मेरो प्रत्येक पाइला को- ताँत मा उनि थिइन
बाध्यता ले छूटायो हाम्रो बन्धन लाइ
सपना मै भएनी हर - रात मा उनि थिइन
वेदना मा छट्पटीएर प्युने गर्थेँ सोम रस मै
ले प्यूने प्याला को हर - मात मा उनि थीइन
आँखिरी मा चूँडाइ लग्यो यो जिन्दगी पापी कालले
मलाई लान्छु भन्ने हर- घाट मा उनि थिइन