कांग्रेस नेता प्रकाशमानको देउवा नेतृत्वप्रति वितृष्णा
पार्टी कमजोर भएर चुनावमा हार्नुपरेको कांग्रेस नेता सिंहको दाबी
काठमाडौँ । कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधिअनुसार चल्न नसकेको बताएका छन् ।
प्राविधिक विद्यार्थी परिषद् केन्द्रीय समितिले प्रजातन्त्र दिवसका अवसरमा आज राजधानीमा आयोजित ‘प्रजातान्त्रिक आन्दोलनमा कांग्रेस र वर्तमान अवस्थामा प्राविधिक विद्यार्थीको भूमिका’ विषयक कार्यक्रममा उनले पार्टी विधानअनुसार नचल्दा कमजोर भएको बताएका हुन् ।
‘प्रजातन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको पार्टी कमजोर हुँदै गएको छ, त्यसैले पार्टी जोगाउन नेतृत्व परिवर्तन आवश्यक छ’, ‘उनले भने ।
पूर्वमहामन्त्री सिंहले प्रजातन्त्र ल्याउन कांग्रेसको ठूलो भूमिका रहेको भन्दै पार्टीको पुरानो विरासत जोगाउन आवश्यक रहेको बताए ।
उनले पार्टी सभापति र पदाधिकारीहरु विधानअनुसार निर्वाचित भएर आउने तर निर्वाचित भएपछि विधानलाई बेवास्ता गर्ने परिपाटी पार्टीभित्र रहेको भन्दै यसको अन्त्य हुनुपर्नेमा जोड दिए ।
उनले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री देउवाप्रति आफ्नो भनाइ लक्षित गर्दै पार्टी विधानअनुसार चल्न नसकेर चुनावमा पराजय भोग्न बाध्य हुनुपरेको पनि बताएका थिए ।
सिद्धान्त र आदर्शभन्दा राजनीति प्यारो भएकाले पार्टीमा त्यसैले अवसरवार पाएको उनले बताए ।