राजनीति

पार्टी एकता प्रक्रियाबारे अनाैपचारिक छलफल, निर्णय अाजै हुने

पार्टी एकता प्रक्रियाबारे अनाैपचारिक छलफल, निर्णय अाजै हुने

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले नेकपा(एमाले)सँगको पार्टी एकतालाई सार्थक निष्कर्षमा पुर्याउने विषयमा आन्तरिक छलफल गरेको छ । 

 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले ले पार्टीका शीर्ष नेताहरुसँग आज आन्तरिक छलफल गरेका हुन् । 

 

अध्यक्ष दाहालको निवासमा आज भएको अनौपचारिक छलफलमा एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउने गरी कुराकानी भइरहेको शीर्ष नेतालाई जानकारी गराएका थिए । 

 

बैठकमा सहभागी नेताहरुका अनुसार अध्यक्ष दाहालले आइतबार प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरेकाे एक्लाएक्लै छलफलमा भएको प्रगतिबारे जानकारी गराएका थिए । एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समितिको बैठक आजै बस्दैछ । 

 

माओवादी केन्द्रका नेता जनार्दन शर्माका अनुसार पार्टी एकतालाई निष्कर्षमा पुर्याउने गरी कुराकानी भइरहेको छ । आइतबार प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच करिब पाँच घण्टा छलफल भएको थियो ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २१ गते संघीय संसदको बैठक आह्वान गरेकी छिन् । सो बैठकमा एकीकृत पार्टीको रुपमा नै प्रस्तुत हुने गरी तयारी भइरहेको बताइएको छ । 

bam gathabandan

विशेष