संसदको पहिलो बैठकका लागि यस्ताे छ तयारी
काठमाडौं । संघीय संसदको पहिलो बैठकका लागि संसद सचिवालयले तयारी सुरु गरेको छ । आज बैठकको व्यवस्थापनका लागि सचिवालयले छलफल गर्दैछ ।
पहिलो बैठक आउँदो फागुन २१ गते बस्ने भएको छ । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको करिब तीन महिनापछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको पहिलो अधिवेशन आह्वान गरेकी छन् ।
सरकारको सिफारिसमा अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ । नयाँ राष्ट्रपति चुन्न फागुन २५ गते निर्वाचन गर्ने कार्यतालिका छ ।
त्यसको चार दिनअघि नै संसद अधिवेशन आह्वान भएको हो । संघीय संसदको बैठक अन्तराष्ट्रिय सम्मेलन केन्द्र अर्थात् यस अघिकै संसद भवनमा बस्ने छ । प्रतिनिधिसभा र राष्ट्रियसभालाई संयुक्त रुपमा संघीय संसद भन्ने गरिन्छ ।