राजनीति

कांग्रेसमा संसदीय दलको नेता छान्न सकस, सहमति नभए चुनाव

कांग्रेसमा संसदीय दलको नेता छान्न सकस, सहमति नभए चुनाव

काठमाडौं । नेपाली कांग्रेसभित्र संसदिय दलको नेताका आकांक्षी बढेका छन् । पार्टी सभापति शेरबहादुर देउवा आफू नै संसदिय दलको नेता दोहोरिन चाहिरहेका छन् भने प्रकाशमान सिंहले पनि संसदिय दलको नेता बन्ने चाहना राखेका छन् ।

 

नेतृत्वको असक्षमताकै कारण चुनावमा कांग्रेसले अनपेक्षित हार बेहोर्नु परेको आरोप लगाउदै कांग्रेसभित्र देउवा दलको नेता हुने नहुने विषयमा रामचन्द्र पौडेल पक्षले बहस सुरु गरेको छ । नेता प्रकाशमान सिंहले दाबी गरिसकेका छन् भने एकथरी नेताले महामन्त्री शशांक कोईरालालाई संसदिय दलको नेता बनाउनुपर्ने बताइरहेका छन् ।


आकाक्षींहरु धेरै भएपछि कांग्रेसमा संसदिय दलको नेतामा चुनाव हुने संभावना भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सहमतिमा नै संसदियदलको नेता चुनिने बताए । उनका अनुसार सभापति देउवाले संसदीय दलको नेताका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाउँदै छन् ।

विशेष