राजनीति

प्रचण्डलाई भेटे लगतै सुष्माको भ्रमण वेमौसमी भएको भन्दै नारायणकाजीले दिए यस्तो प्रतिक्रिया

प्रचण्डलाई भेटे लगतै सुष्माको भ्रमण वेमौसमी भएको भन्दै नारायणकाजीले दिए यस्तो प्रतिक्रिया


काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वपरराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणको समान्य कुटनीतिक र राजनीतिक अभ्यास अनुकुल नभएको प्रतिक्रिया दिएका छन् ।

शुक्रबार विहान सामाजिक संजालमा ट्वीट गदैृ श्रेष्ठले स्वराजको नेपाल भ्रमणको समय कुटनीतिक र राजनीतिक अभ्यास अनुकुल नभएको बताएका हुन् । ‘सुष्मा स्वराजको नेपाल भ्रमण समान्य कुटनीतिक र राजनीतिक अभ्यास अुनकुल छैन्,’ नेता श्रेष्ठले भनेका छन्, ‘यद्यपि उहाँलाई हामीले स्वागत गरेका छौं र भ्रमण फलदायी बनाउन कामना र कोसिस गरेका छौं।’ श्रेष्ठले नेपालले आफ्नो प्रतष्ठिा कायम गर्नुपर्ने भन्दै राष्ट्रिय स्वार्थमा केन्द्रित हुनुपर्ने उनले बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी विशेष दूतका रुपमा स्वराज बिहिबार नेपाल भ्रमणमा आएकी हुन् ।

https://twitter.com/nksthaprakash/status/959282358275923969

विशेष