राजनीति समाज भिडियो

सडकमा भेटिएका कविको झटारो: विश्वभर कानुन हुन्छ सबैभन्दा ठूलो, नेपालको अन्धो सरकार भ्रष्टाचारमा भुल्यो (भिडियो)

राज्यविरुद्ध धारावाही कवितामा यस्तो आक्रोश

सडकमा भेटिएका कविको झटारो: विश्वभर कानुन हुन्छ सबैभन्दा ठूलो, नेपालको अन्धो सरकार भ्रष्टाचारमा भुल्यो (भिडियो)

काठमाडौं । युद्ध र जनआन्दोलनको बलले स्थापित गरेको लोकतन्त्रमा पनि आम नागरिक खुसी छैनन् । व्यवस्था फेरि पनि अवस्था नफेरिँदा जनआक्रोश झनै चुलिएको हो ।

 

सुशासन र सुव्यवस्था कायम हुन नसक्दा पहाड, तराईका ग्रामिण भेगका नागरिक देखि राजधानीका सडकमा भेटिनेहरुको साझा गुनासो छ ।

 

आधारभुत आवस्यकताका कुरामा समेत राज्य लाचार देखिँदा राज्य संचालकहरुप्रति आक्रोश स्वभाविक उठ्छ । तर विरोध र आलोचना गर्ने उनीहरुको आआफ्नै शैली हुनसक्छ ।

 

हालैको एक साता ‘जनता जान्न चाहन्छन्’ स्तम्भका लागि नयाँ वानेश्वरमा पुगेको नेपालआज टीम पूर्वी पहाडका एक व्यक्ति काजीबहादुर घिमिरेसँग भेट भयो ।

 

घिमिरे आफूलाई स्थानीय समाजसेवी तथा कविको रुपमा चिनाउँछन् । उनले आफ्नो गुनासो त पोखे । त्यसबाहेक राज्यसत्तामा रहेकाहरुलाई सृजनात्मक आलोचना गर्दै घच्घच्याउने रुची देखाए । हामीले हाम्रो स्टुडियोबाटै उनको गुनासो प्रस्तुत गरेका छौँ ।

 

घिमिरेले हाम्रा जनप्रतिनिधिले हामीलाई गलत तरिकाले शासन गर्दैआएको गुनासो आफ्नो सृजनामा पोखेका छन् । यस्तै छिमेकी मुलुक भारतसँग नेपाली नेताहरु झुक्न नहुने उनको कविताको आशय छ ।

 

विशेष