कस्तो बन्ला एकीकृत पार्टी ?
काठमाडौं। पार्टी एकतामा सहमत भएका एमाले–माओवादी केन्द्रको एकीकृत पार्टीको संगठनात्मक संरचना कस्तो बन्ला? दुवै पार्टीका केन्द्रीय समितिलाइ कसरी एउटै समितिमा परिणत गर्लान्? पार्टी एकताको सहमतिपछि अहिले दुवै पार्टीभित्र नेता–कार्यकर्तामा जिज्ञासा छ ।
दुई अध्यध्यात्मक प्रणलीमार्फत संयुक्त रूपमा प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालले एकीकृत पार्टीको नेतृत्व गर्ने समझदारी बनाएका दुवैले पार्टीको संगठनात्मक संरचना विघटन गरी महाधिवेशनसम्मका लागि अन्तरिम पार्टी सञ्चालन खाका बनाउने छ ।
कार्यदलमा ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, वेदुराम भुसाल, रघुवीर महासेठ, रामबहादुर थापा, गिरिराजमणि पोखरेल, वर्षमान पुन, मातृका यादव र जनार्दन शर्मा छन् । कार्यदललले बुधबार काम थाल्ने तयारी गरेको महासेठले बताए ।
‘हामीलाई दुवै पार्टीको संगठनात्मक सेटिङ कसरी मिलाएर अन्तरिम कालको पार्टी संरचना बनाउने म्याण्डेट दिइएको छ’, यनले भने, ‘हामी बुधबार नै काम थाल्ने प्रयासमा छौं। कार्यदलका मुख्य चुनौती एकीकृत पार्टीको केन्द्रीय समिति कस्तो बनाउने र सदस्य संख्या कति रहने भन्ने हो।
दुई अध्यक्षबीच दुई अंकबाट नबढ्नेगरी सानो आकारको सिमित समिति बनाउने छलफल भए पनि टुंगो लागेको छैन । एकता संयोजन समितिमा दुई अंकले केन्द्रीय समिति बनाउने वा एमालेको अहिलेको केन्द्रीय समिति यथावत् राखी त्यो संख्याको ४० प्रतिशत माओवादीका केन्द्रीय नेता समेटे बनाउने छलफल भएको थियो । याे खबर अाजकाे अन्नपूर्ण पाेस्टमा छ ।