डिआईजी खनाल ट्राफिक व्यवस्थापनमा चुकेेकै हुन्
‘फस्ट कम फस्ट सर्भिस’ १५ दिन पनि टिकेन
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भएर जव प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाल आए त्यसबेला राजधानीबासीमा एक किसिमको आशाको सञ्चार गरेको थियो । सुरका दिनमा उनले राजधानीको बाटोघाटो पुर्छु भन्दै महानगरको अधिकार नै हस्तक्षेप गर्ने सम्मको अभिव्यक्ति दिएका थिए ।
साउनको पहिलो सातादेखि ट्राफिक प्रहरी महाशाखाको प्रमुख भएका खनालले सुरुमा केही आक्रमक गतिविधि नगरेका हैनन् तर यतिबेला भने उनि सुस्ताएको अनुभुती आम सडक प्रयोगकर्ताले गरेको छन् । उनले न त राजधानीको सडक जामलाई व्यवस्थित बनाउन सकेका छन नत दुर्घटना न्युनिकरण गर्नको लागि केही आक्रमक गतिविधि गर्न सकेका छन ।
दिनमा एकजनाको मृत्यू,पहल खोई ?
यही प्रसंगमा महाशाखाका प्रवक्ता उमेश रञ्जितकार महाशाखाका प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक उमेश रञ्जितकार भन्छन यो काम एक्लैले गर्ने भन्ने हुन्न, अहिले पहिलाको जस्तो सडक छैन, जनघनत्व बढेको छ, त्यसैले पनि ट्राफिकले कामै गर्न भन्न मिल्दैन । उनको यो भनाईलाई आधार मान्ने हो भने साउन यता राजधानीमा ठुलो संख्यामा जनसंख्या बढिसक्यो, सडक बनिरहेको छ तर झन साँघुरो भएको छ ।
तर यो तर्कसंगत जवाफ भने हुनसक्दैन र साउन यता भक्तपुर सुर्य विनायक सडकमा ४० जना भन्दा बढीको मृत्यू भईसकेको छ अन्य ठाँउको तथ्याङक आउने हो भने यो संख्या कहालीलाग्दो छ । यसै सन्दर्भमा सडकमा २७ बर्ष बिताइसकेका प्रहरी निरिक्षक सिताराम हाछेतु भन्छन अहिले राजधानीमा सडक दुर्घटनामा परी दिनमा १ जनाको मृत्यू भइरहेको छ । यो सबै डाटालाई हेर्ने हो भने ट्राफिक व्यवस्थापन त अस्तव्यस्त छ नै यसको समाधानको लागि प्रमुख खनालले केही पहल समेत गरेको देखिदैन ।
राजस्व संकलनमा उदासिन
ट्राफिक प्रहरीले अहिले सडक दुर्घटना न्युनिकरण गर्न मादक पदार्थ सेवन गर्नेलाई राजस्व स्वरुप जरिवाना लिदै आएको छ तर अहिले राजस्व संकलनमा पनि कमजोरी आएको छ ।
मापसे चेकिङ फितलो सर्वसाधरणलाई सास्तीमात्रै
प्रहरीले मापसे चेकिङ त गर्छ तर खुल्ला ठाँउमा हैन घर पुग्नै लाग्दा आउने गल्लीको कुनातिर यो सरासर प्रहरीले सर्वसाधरणसंग बार्गेनिङ गर्ने र उनिहरुलाई दुख दिनेमात्रै काम हो । उनिहरुले खुल्ला ठाँउमा चिेकिङ गरेर किन कारवाही गर्दैनन् ? यस प्रश्नले पनि ट्राफिक प्रहरीले सर्वसाधरणमैत्री काम गर्न सकेको छैन भन्ने प्रष्ट हुन्छ ।
‘फस्ट कम फस्ट सर्भिस’ १५ दिन पनि टिकेन
सर्वसाधरणलाई ट्राफिक प्रहरीले गाडीमा चढ्न सहज होस् भनेर फस्ट कम फस्ट सर्भिस भनेर नारा त ल्यायो तर त्यो काम १५ दिन पनि टिकेन । यसले सर्वसाधरणले केही दिन राहात पाएपनि १५ दिन नटिक्दा खनालको यो योजना पनि फेल खाएको छ ।
‘जेब्राक्रसिङ’ ट्राफिकको प्राथामिकतामा परेन
यतिबेला सडकयात्रीहरु जेब्राक्रसिङमा हुँत्तिदै आउने सवारीसाधनसंग आजित छन । सडकलाईट नभएको अवस्थामा एकमात्रै भरपर्नु पर्ने जेव्राक्रसिङमा अपाङगलाई समेत पेल्छुजसरी सवारी हुँईकदा समेत प्रहरीले चासो देखाएको छैन । यसले गर्दा फेरी सडक अस्तव्यस्त भएको आभास नागरिकले गरेका छन ।
८ महिनामा केही भएन अव के हुन्छ ?
सर्वसाधरणले सर्वेन्द्र खनाल आएपछि त सडकमा सहज आवातजावत हुन्छ भन्ने जुन किसिमको अपेक्षा गरेका थिए त्यो अपेक्षा ८ महिना बितिसक्दापनि केही मात्रामा पनि पुरा हुन सकेन भने अव उनिबाट आम नागरिकले के आशा गर्ने ?