राजनीति

भोलिसम्म मन्त्रिपरिषद् बिस्तार, चैत पहिलो साता पार्टी एकता

भोलिसम्म मन्त्रिपरिषद् बिस्तार, चैत पहिलो साता पार्टी एकता

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले १५ दिनभित्र सबै प्रक्रिया पूरा गरेर पार्टी एकताको घोषणा गर्ने तयारी थालेका छन् । बिहिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुवै कार्यदलको संयुक्त बैठकले १५ दिनभित्र प्रक्रिया पूरा गर्ने निष्कर्ष निकालेको हो ।

 

मन्त्रालयगत भागबण्डा असाेज १७ को निर्णय, सातबुँदे सहमति, दुवै पार्टीका चुनावी घोषणापत्र लगायतमा छलफल गरेर मात्रै निर्णय लिने माआेवादी केन्द्रका एक नेताले बताए ।

 

उनका अनुसार पहिले मन्त्रालयको संख्या कति बनाउने भन्ने बारेमा सरकारले निर्णय गरेपछि मात्रै कुन मन्त्रालय कुन पार्टीले लिने भन्ने विषयमा छलफल हुनेछ ।त्यसका लागि शुक्रबार बस्ने मन्त्रिपरिषदले निर्णय गर्नेछ ।

 

दुई पार्टीबीच हुने एकताका लागि तयार भएको ७ बुँदे आधारपत्रका आधारमा राजनीतिक प्रतिवेदन तयार पारेर पार्टी एकताको घोषणा गरिने उनले जानकारी दिए ।
नेकपा माओवादीकी प्रवक्ता पम्फा भुसालले पनि १५ दिनभित्र दुवै कार्यदलले प्रतिवेदन बुझाउने र पार्टी एकता घोषणा गरिने बताइन् ।

विशेष