राजनीति

सरकार विस्तारबारे छलफल गर्न एमाले स्थायी कमिटी बैठक बस्दै

सरकार विस्तारबारे छलफल गर्न एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेले मन्त्रिपरिषद् विस्तार बारे निर्णय गर्न स्थायी कमिटी बैठक बोलाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बेलुका ५ बजेका लागि बैठक बाेलाएकाे हाे । बैठकमा सरकारमा पठाउने मन्त्रीहरुको नाम सिफारिस र पार्टी एकताको अनुमोदन लगायतका विषयमा छलफल हुने एमालेले जनाएको छ।

 

नयाँ सरकार गठन भएको एक साता बितिसक्दा समेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । मन्त्रीहरुका आकांक्षी धेरै देखिएपछि पार्टीका शीर्ष नेतृत्वलाई नाम सिफारिस गर्न समस्या परेको छ। पार्टी अध्यक्ष केपी ओली फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

 

उनले सोही दिन लालबाबु पण्डित र थममाया थापामगरलाई मात्रै मन्त्रालयको जिम्मेवारी दिएका थिए । माअाेवादी केन्द्रले पार्टी एकातका लागि लिखित हस्ताक्षयरकाे माग गर्दै सरकारमा मन्त्री पटाउन अस्विकार गरेकाे थियाे । सहमति पत्रमा हस्ताक्षयर भएसँगै माअाेवादी पनि सरकारमा जाने भएकाे छ । 

विशेष