समाज मुख्य समाचार मेरो परिवार मेरो कथा

बीस वर्षदेखि ओढारमा बास बस्दै आएका वृद्ध चेपाङलाई २५ हजार सहयोग

बीस वर्षदेखि ओढारमा बास बस्दै आएका वृद्ध चेपाङलाई २५ हजार सहयोग

काठमाडौं । विगत बीस वर्षदेखि ओढारमा बास बस्दै आएको वृद्धलाई बैदेशिक राेजगारीमा रहेका एक नेपालीले आर्थिक सहयोग गरेका छन् । रोजगारीका शिलशिलमा युनाइटेड अरब इमरेट्सको आवधावीमा रहेका मानबहादुर थापा (शिरिस)ले उनलाई नगद २५ हजार सहयोग गर्न लागेका हुन् ।

 

७६ वर्षीय रुपसिंह चेपाङ विगत २० वर्षदेखि ओढारमा बास बस्दै आएको समाचार आएपछि मनकारी थापाले उनीलाई सहयोग गर्न लागेका हुन् । सहाराविहीन चेपाङ १० वर्षअघि श्रीमतीको मृत्यु भएपछि चितावनको राप्ती नगरपालिका १३ युर्तीस्थित ओडारमा एक्लै बस्दै आएका थिए ।

 

शारीरिकले निकै कम्जोर, एक्ला र अशक्त उनी ओढारबाट निस्केर हिँडडुल गर्न नसक्ने अवस्थामा छन् । छोरीले हुँदा खाना दिन नत्र भोक्कै बस्नु पर्ने अवस्था थियो उनको । उनको कारुणीक समाचार आएपछि उनलाई थापाले सहयोगका लागि आर्थिक सहयोग गरेका हुन् ।

 

रुपन्देहीको तिलोतमा नगरपालिका वडा नम्बर ८ स्थायी घर भएका मनकारी थापा विगत लामो समयदेखि आवधावीमा कार्यरत छन् । नेपालआज फाण्डेशनले थापाले पठाएका नगद प्राप्त गरिसकेको छ । नेपालआज फाण्डेशनले प्राप्त गरेको सो रकम छिट्टै चेपाङलाई रकम हस्तान्त्रण गरिने फाण्डेशनका एक प्रतिनिधिले बताए ।

 

नेपालआज फाउण्डेशन एक गैर नाफमुलक परोपकारी संस्था हो । यदी तपाईंहरु पनि कसैलाई सहयोग गर्न इच्छुक हुनुहुन्छ भने नेपालआज फाउण्डेशनको नाममा रहेको बैंक अफ काठमाडौं लुम्बिनी बानेश्वर ब्रान्चको खाना नम्बर ०१६८०००००००३५२४ स्वीफ्ट बिओकेएलएनपीकेए (BOKLNPKA) मा आर्थिक सहयोग गर्नु सक्नुहुने छ । अथवा ००९७७–९८५११२०८४४ मा सम्झना श्रेष्ठलाई सम्पर्क गर्न सक्नुहुने छ ।

- रूपसिंह चेपाङकाे तस्बिर अन्नपूर्ण पाेस्ट दैनिकबाट साभार गरिएकाे हाे ।

विशेष