राजनीति

एमाले र माअाेवादीबीच मन्त्रालयकाे मिल्याे भगबण्डा, यस्ताे छ सूची

एमाले र माअाेवादीबीच मन्त्रालयकाे मिल्याे भगबण्डा, यस्ताे छ सूची

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले मन्त्रालयकाे भागबण्डा मिलेका छन् ।

 

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा मन्त्रालय भागवण्डा टुंगो लगाएको हो । एमालेले १० र माअाेवादी केन्द्र ७ मन्त्रालयकाे जिम्मेवारी पाएकाे छ ।

 

मन्त्रालय भागवण्डा टुंगिएसँगै एमाले र माओवादी नेताहरु मन्त्री छनोटको गृहकार्यमा जुटेका छन् । एमालेले भोलि विहान ९ बजे स्थायी कमिटीको बैठक बालुवाटारमा बोलाएको छ ।

 

माओवादी नेताहरुको भने प्रचण्ड निवास खुमलटारमा छलफलमा जुटेका छन् । दुई दलबीच प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय राख्ने सहमति बुधबार नै जुटेको थियो ।

 

एमालेको भागमा परेका मन्त्रालयहरु

अर्थ तथा योजना

परराष्ट्र

रक्षा

भौतिक पूर्वाधार तथा यातायात

संघीय मामिला तथा सामान्य प्रशासन

सूचना सञ्चार

कानुन न्याय तथा संसदीय मामिला

पर्ययन

शिक्षा तथा खेलकुद

स्वास्थ्य तथा जनसंख्या

 

माओवादीको भागमा परेका मन्त्रालयहरु

गृह

जलस्रोत तथा ऊर्जा उद्योग

वाणिज्य तथा आपूर्ति शहरी विकास

आवास खानेपानी तथा सरसफाइ

वन तथा वातावरण

कृषि सहकारी तथा भूमि व्यवस्थापन

श्रम तथा रोजगार तथा महिला बालवालिका

विशेष