समाज मुख्य समाचार

प्रचण्डपत्नी सीतालाई मानसिक समस्या, बिर्सन सकिनन् पुत्रवियोगको पीडा

प्रचण्डपत्नी सीतालाई मानसिक समस्या, बिर्सन सकिनन् पुत्रवियोगको पीडा

काठमाडौँ । माओवादी केन्द्र अध्यक्ष प्रचण्ड पत्नी सीतालाई अल्जाइमरको समस्या देखिएको छ । केही वर्षअघि आफ्नी प्रिय पुत्री र यसै वर्ष आफ्नो एक मात्र छोरा गुमाएका प्रचण्डलाई थपिएको यो अर्को पीडा व्यक्तिगत मात्र नभई राजनीतिक धक्का पुर्‍याउने खालको देखिन्छ ।


पहिलेदेखि नै असामान्य खालको व्यवहार देखाउने प्रचण्डपत्नी सीता दाहाल छोरा प्रकाशको निधनपछि झनै असामान्य बनेकी छिन् । सीतालाई एकैछिन अघि भेटेको मान्छे कुरा गर्दागर्दै नचिन्ने, पुराना कुराहरू सम्झने तर तत्कालका सन्दर्भ बिर्सने, एक्लै पनि बर्बराइरहनेजस्ता समस्या देखिन थालेपछि केही समयअघि सीतालाई उपचारका लागि भारत पुर्‍याइएको थियो ।


भारतका चिकित्सकहरूले उनलाई अल्जाइमर भएको आशङ्का गरेका छन् । अल्जाइमर दिमागी रोग हो र यो रोग लाग्ने मानिसले सुरु सुरुमा असामान्य व्यवहार देखाउन थाल्छन् । रोग बढ्दै जाँदा धेरै पुराना कुराहरू सम्झने, तर अहिले के गर्दै छु भन्ने थाहा नपाउने स्थिति हुन्छ र, त्यस्तो चरणमा प्रवेश गरेपछि नित्य कर्म गर्ने हेक्कासमेत रोगीमा रहँदैन । यो रोग लागेका बिरामी शारीरिक रूपमा ठिकै रहने हुँदा उनीहरू लामै आयु बाँच्ने हुन्छन् ।


अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको लामो समयसम्म थलिएर यसै रोगबाट मृत्यु भएको थियो । भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपायी पनि अल्जाइमरकै कारण लामो समयदेखि ओछ्यान परेका छन् । सीता दाहालमा समेत यस रोगका लक्षणहरू देखिन थालेपछि पुत्रसुखबाट वञ्चित प्रचण्ड पत्नी जीवित हुँदाहुँदै पत्नीसुखबाट समेत वञ्चित हुने स्थितिमा पुगेका छन् ।

विशेष