राजनीति मुख्य समाचार

माओवादी केन्द्रका नेता गुरुङ भन्छन्: देश कङ्गाल बनाएर सत्ता छोड्यो कांग्रेसले

माओवादी केन्द्रका नेता गुरुङ भन्छन्: देश कङ्गाल बनाएर सत्ता छोड्यो कांग्रेसले

भक्तपुर । माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य देब गुरुङले देशलाई कङ्गाल बनाएर कांग्रेसले सत्ता छोडेको आरोप लगाएका छन् । शुक्रबार रफत सञ्चार क्लबले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले निर्वाचनपछि पराजय भोगेको कामचलाउ सरकारले दूरगामी असर पार्ने निर्णय गरेर देशलाई आर्थिक रुपमा कङ्गाल पारेको आरोप लगाएका हुन् ।

 

उनले यो समयमा बिगतमा पाँच अरब भन्दा बढी रकम जम्मा हुने गरेको भएपनि हाल एक अरब रकम घाटामा भएको उल्लेख गरेका छन् ।

 

यस्तै अर्काे फरक प्रसंगमा गुरुङले आइतवारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने बताएका छन् । माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा जाने उनको भनाइ छ ।

 

अबको १५ दिनभित्र दुई पार्टी एकताले पूर्णता पाउने उनले बताए । दलहरुबीच निषेधको राजनीतिले तीब्रता पाएको भन्दै उनले राष्ट्र र राष्ट्रियताको बिषयमा पक्षप्रतिपक्ष नभएर बामगठबन्धन र कांग्रेस एक ठाउँमा उभिनु पर्ने बताए ।

 

सरकारमा मधेसवादी दलसमेत समाबेश हुने वातावरण तयार भइरहेको भन्दै नेता गुरुङले जनअपेक्षा र समयको माग अनुसार संबिधान संसोधन समेत गनर्ं सकिने बताए ।

 

 

 

विशेष