समाज देश

खेतमा दिसा गरेपछि ११ जना पक्राउ परे

खेतमा दिसा गरेपछि ११ जना पक्राउ परे

नेपालगन्ज । तराई–मधेसका कतिपय क्षेत्रमा खुला स्थानमा दिसा गर्ने चलन जस्तै छ । केही हप्ताअघि जनकपुरस्थित प्रदेशसभा बैठक भइरहँदा बाहिर भने खुला रुपमा दिसा बसिरहनेहरुको लाईन नै थियो ।

 

नेपालगन्जको पनि अवस्था उस्तै छ । यहाँको मधेसी समुदायमा खुला दिसा गर्ने क्रम अझै रोकिएको छैन । नेपालगन्ज उपमहानगरपालिकाले खुला दिसामुक्त क्षेत्र बनाउन पहल गरिरहँदा समेत स्थानीय मधेसी समुदायमा यस्तो क्रम रोकिएन ।

 

हालै खुला दिसा गरेकै कारण ११ जना मधेसी समुदायका व्यक्ति समातिएका छन् । प्रहरीले उनीहरुलाई शुक्रबार प्रहरी कार्यालयमा राखेको छ ।

 

पक्रउ गरेपछि प्रहरीले अनुसन्धान गर्दा २ जनाको घरमा शौचालय भएको पाइयो । साथै उनीहरुमध्ये केही स्थानीय अगुवा र पूर्व सरकारी कर्मचारी समेत रहेको खुल्न आयो । उनीहरु बिहानै खेतमा गएर दिसा गरेका कारण समातिएका हुन् ।

 

उपमहानगरपालिकाले केही सातायता खुला दिसा गर्नेहरुलाई जरिवाना तथा कारवाही गर्दैआएको छ । सोही अभियान अन्तरगत शुक्रबार पनि ११ जना समातिएका हुन् ।

 

विशेष