राजनीति

कांग्रेस कार्यालय नेविसंघको घेराबन्दीमा, 'जिद्दीले होइन, विधिले पार्टी चलाऊ'

कांग्रेस कार्यालय नेविसंघको घेराबन्दीमा, 'जिद्दीले होइन, विधिले पार्टी चलाऊ'

 

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले  ‘जिद्दीले होइन, विधिले कांग्रेस चलाऊ’ भन्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ ।

 

 पार्टी केन्द्रीय समितिको बैठक चलिरहेका बेला रामचन्द्र पौडेल र कृष्णा सिटौला गुटका विद्यार्थी नेताहरूले भातृ संगठनलाई चुस्त रुपमा विधानसम्मत सञ्चालन गर्नु पर्ने मागसहित उनीहरुले धर्ना दिएका हुन्। 

 

धर्नामा महामन्त्री कुन्दनराज काफ्ले र सिटौला समूहका विद्यार्थी रहेका छन्। विद्यार्थीले सांकेतिक रुपमा आँखामा कालो चस्मा लगाएर विरोध जनाएका छन्।

 

धर्नामा सहभागीहरुले ‘जिद्दीले होइन, विधिले कांग्रेस चलाऊ’, ‘बलियो कांग्रेसका लागि सशक्त नेविसंघ हाम्रो अभियान’ लेखिएका प्लेकार्डसिहत पार्टी कार्यलय अागाडि प्रदशन गरिरहेका छन् । 

 

केन्द्रीय कार्यालयभित्र प्रवेश गर्नै लाग्दा कांग्रेस महामन्त्री डा. शशांक कोइरालालाई नेविसंघ नेताहरुले गेटमै रोके । उनीहरुले आफ्ना मागबारे जानकारी गराउँदै नेविसंघ र पार्टीलाई विधिसम्म सन्चालन गर्न ध्यानाकर्षण गराएका थिए ।

विशेष