राजनीति

कांग्रेस संसदीय दलको नेताको चुनाव सर्यो

कांग्रेस संसदीय दलको नेताको चुनाव सर्यो

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेताको चुनाव संघीय संसदको अधिवेशनपछि हुने भएको छ ।


आइतबार बसेको केन्द्रीय कार्य समितिको बैठकले संसदीय दलनको विधान पारित गर्दैै सांसदको शपथ ग्रहणपछि मात्र नेता चयन गर्ने भएको हो ।

 

बैठकले चिनकाजी श्रेष्ठको संयोजत्वमा नवीन्द्रराज जोशी र भीष्म आङ्दम्बे रहेको निर्वाचित समिति बनाएको छ । समितिका सदस्य जोशीका अनुसार सांसदको शपथ २० गते र अधिवेशन २१ गते सुरु हुने भएकाले त्यसलगत्तै नेता चयनको प्रक्रिया पनि थालिने छ ।

 

शनिबार नै दुईपटक बसेको संसदीय दलको बैठकले राष्ट्रियसभा व्यवस्थापन र छाया सरकार बनाउने विषय समेटेर नेता मीनेन्द्र रिजालको संयोजकत्वमा गठित विधान मस्यौदा कार्यदलले पेस गरेको विधान पारित गरेको थियो ।

 

विधानलाई केन्द्रीय कार्य समितिले स्वीकृत गरेपछि कांग्रेसको संसदीय दलको नेता चयनका लागि बाटो खुलेको छ। संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंह प्रतिस्पर्धामा छन् ।

विशेष