राजनीति

माओवादी नेता रोकायाको आक्रोशः प्रदेश ६ का सबै सांसद दलाल र लेण्डुप

माओवादी नेता रोकायाको आक्रोशः प्रदेश ६ का सबै सांसद दलाल र लेण्डुप

काठमाडौं । नेकपा माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य तथा कर्णाली जनअधिकार मञ्चका अध्यक्ष प्रकास रोकायाले ६ नम्बर प्रदेशका सबै सांसदहरुलाई ‘दलाल’ र ‘लेण्डुप’ बनेको आरोप लगाएका छन् ।

 

प्रदेशसभाले प्रदेशको नाम र राजधनीबारे गरेको निर्णयप्रति असन्तुष्टी जनाउँदै नेता रोकायाले यस्तो बताएका हुन् । कर्णालीलाई राजधानीसँग साटेको भन्दै रोकायाले असन्तुष्टि जनाएका हुन् ।

 

राजधानीसिथत एक कार्यक्रममा बोल्दै उनले कर्णालीको नाम बचेको बताए । नामाकरण र अस्थायी राजधानीबारे निर्णय गर्नुअघि छलफल, सुझाव र बहस गर्नुपर्ने उनको तर्क छ ।

 

साथै रोकायाले कर्णाली स्वास्यत्त प्रदेशको आवश्यकता अझै रहेको बताए । प्रदेश सरकारले निर्णय फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी समेत रोकायाले दिएका छन् ।

विशेष