राजनीति मुख्य समाचार

दुई नम्बर प्रदेशका मुख्यमन्त्री राउतले गरे यस्ता ११ प्रतिवद्धता

दुई नम्बर प्रदेशका मुख्यमन्त्री राउतले गरे यस्ता ११ प्रतिवद्धता
धनुषा । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले ११ वटा प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
मुख्यमन्त्रीमा विजयी भएको १० दिनपछि राउतले पहिलो पटक आइतबार दिउँसो आफ्नै कार्यालयमा पत्रकार सम्मेल गरी दुई नम्बर प्रदेश सरकारको ११ प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

यस्ता छन मुख्यमन्त्री राउतका प्रतिवद्धता :

  • यो प्रदेशभित्र पूर्णरुपमा सुशासन कायम गरिने छ । भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता अपनाइनेछ । 
  • नीतिगत रुपमा गरिने भ्रष्टाचार स्वीकार्य हुने छैन । प्रदेशको दैनिक प्रशासनमा ढिलासुस्ती सहन गरिने छैन ।
  • प्रदेश नम्बर २ का सेवाग्राही जनतालाई सरकारी कर्मचारीहरुले २४ घण्टा भित्र काम पूरा गर्नुपर्ने हुन्छ । २४ घण्टामा काम पूरा गर्न नसक्ने न्यायोचित कारण भएमा त्यसबारे सेवाग्राहीलाई जानकारी गराउनुपर्ने छ । 
  • सेवाग्राहीको हितलाई ध्यानमा राखेर प्रदेशमा मुख्यमन्त्रीको कार्यालय मातहत हेल्लो प्रदेश सरकारको स्थापना गरिनेछ । नि: शुल्क टेलिफोन सेवा पछि सार्वजनिक गरिने छ । 
  • प्रदेशको कर्मचारीले राष्ट्रसेवक कर्मचारी भनेको जनताको सेवक हो भन्ने सन्देश जनतामा प्रवाहित गर्ने छन् । 
  • इमेल [email protected]लगायत अन्य विद्युतीय माध्यमबाटसमेत जनताले आफ्ना गुनासाहरु सिधै मुख्यमन्त्री कार्यालयमा टिपाउन सक्ने छन् । प्राप्त भएका जनताका गुनासाहरुमा तत्काल कारवाही गरिने छ । गुनासा उपर के कारवाही भयो भन्ने जानकारी उजुरीकर्तालाई दिइने छ । 
  • जनतासँग मुख्यमन्त्री भने जनतासँग प्रत्यक्ष संवाद हुने खालका कार्यक्रमका लागि संचार माध्यम प्रयोग गरी गरिने छ । जनतासँग मुख्यमन्त्री कार्यक्रमसमेत मुख्यमन्त्रीको सुशासन कार्यक्रमकै एक पाटो हुने छ । जस्तै जनताले सिधै आफ्ना गुनासाहरु मुख्यमन्त्रीसँग राख्न पाउने छन् । 
  • प्रदेशका विभिन्न ठाउँ जस्तै गाउँपालिका, नगरपालिका, वडा तथा टोललगायत विभिन्नभागमा मुख्यमन्त्री जनताको घरदैलोमा गई प्रदेश सरकारप्रति रहेका गुनासाहरु सुन्नेछन् ।  ती गुनासाहरुको सम्बोधन गर्ने प्रयास गरिनेछ ।
  • यस प्रदेशका जनतालाई दैनिक उपभोग्य वस्तु र सेवामा हुने कालोबजारी वा महंगी नियन्त्रण गर्नको लागि प्रभावकारी रुपमा बजार भाउको अनुगमन गर्दै कालोबजारी नियन्त्रणको लागि सरकार प्रतिवद्ध छ ।  
  • अनियन्त्रीत र अवैध रुपमा भइरहेको मदिरा बेचविखन तथा सेवनलाई आवश्यक नीति बनाई नियन्त्रीत गरिने छ ।
  • वन्य जन्तु तस्करी, प्रकृतिक श्रोत साधन दोहन तथा वन फडानी कार्यलाई तत्काल रोकिने छ । 

विशेष