राजनीति मुख्य समाचार

आज मन्त्रिपरिषद विस्तार : उपेन्द्र यादवसहित को - को हुँदैछन् मन्त्री ?

आज मन्त्रिपरिषद विस्तार : उपेन्द्र यादवसहित  को - को हुँदैछन् मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेका छन् । माओवादी केन्द्रसँग भएको मन्त्रालय बाँडफाँट अनुसार मन्त्री चयन गरि मन्त्रीपरिषद विस्तार गर्ने तयारी रहेको प्रधानमन्त्री निकट नेताहरुले बताएका छन् ।

 

यसबारेमा प्रधानमन्त्री ओलीले हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग छलफल गरेका थिए । एमालेले १० र माओवादी केन्द्रले ७ मन्त्रालय लिनेगरि सहमति भएपनि संघीय समाजबादी फोरमले पनि सरकारमा जानसक्ने सम्भावना रहेकाले मन्त्रालयको संख्या केही हेरफेर हुनसक्ने नेताहरुले बताएका छन् । त्यसो हुँदा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले परराष्ट्र मन्त्रालय लिने सम्भावना रहेको एमालेका एक नेताले बताए ।

 

दुवै दलका शीर्ष नेताले मन्त्री बन्नेको नाम टुंगो लगाउने तयारी गरिरहेका छन् । फोरम सहभागि नभए केही मन्त्रालय बाँकी राखेर मन्त्रीपरिषद विस्तार गर्ने प्रधानमन्त्री ओलीको तयारी छ । फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले त्यही दिन एमालेबाट २ मन्त्रीलाई शपथ गराए पनि त्यसयता मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । 

एमालेबाट

ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, भानुभक्त ढकाल, रवीन्द्र अधिकारी, नारदमुनि राना, रघुवीर महासेठ लगायतको नाम चर्चामा छ ।यस्तै सूर्य चिन्ह लिएर चुनाव जितेका हृदयेश त्रिपाठीलाई पनि मन्त्री बनाउनेबारे छलफल भइरहेको छ ।

माओबादी केन्द्रबाट

रामबहादुर थापा, वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, देव गुरुङ, मातृका यादव, देबेन्द्र पौडेल, शक्तिवहादुर बस्नेत, सुदन किराँती, वीना मगर लगायतको नाम चर्चामा छ ।

विशेष