राजनीति

सांसद पदमा सर्वोच्चले रोक लगाएका डा. खतिवडा अर्थमन्त्री निश्चित, ईश्वर पोखरेलले पनि सपथ लिने

सांसद पदमा सर्वोच्चले रोक लगाएका डा. खतिवडा अर्थमन्त्री निश्चित, ईश्वर पोखरेलले पनि सपथ लिने

साेमबार नेकपा एमालेबाट दुर्इ मन्त्रीले सपथग्रहण गर्ने भएका छन् । 

 

डा. युवराज खतिवडा अर्थमन्त्री पदकाे सपथग्रहण गर्ने भएका हुन् । तर, महासचिव ईश्वर पोखरेलकाे भने मन्त्रालय टुंगो नलागेको स्रोतले जनाएको छ ।

 

सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका खतिवडाको सांसद पदको सपथग्रहणमा भने सर्वोच्च अदालतले रोक लगाइसकेको छ । मुद्दाको अन्तिम टुंगो नलागेसम्म खतिवडा सांसदको हैसियतमा रहने छैनन् ।

 

यद्यपि उनलाई मन्त्री बन्न भने संविधानले रोकावट गर्दैन । मन्त्री बनेको ६ महिनाभित्र संघीय संसदको सदस्य भइसक्नुपर्छ ।

 

विशेष