राजनीति व्यापार ओटोमोबाइल

एलडीओलाई ट्वाइलेटमा थुन्ने मन्त्री मात्रिकाले रोक्लान् त अटाेमाेबार्इल्सकाे कालोबजारी ?

प्रधानमन्त्री र आपुर्तिमन्त्रीको ‘एक्सन’: कलोबजारी अन्त्य

एलडीओलाई ट्वाइलेटमा थुन्ने मन्त्री मात्रिकाले रोक्लान् त अटाेमाेबार्इल्सकाे कालोबजारी ?

काठमाडौं । नयाँ सरकारमा प्रधानमन्त्रीसहित अर्का एकजना रोचक चरित्रका मन्त्री छन् । ती हुन् मात्रिका यादव । वन मन्त्री बन्दा ललितपृुरका एलडीओ डन्डुराज घिमिरेलाई उनकै कार्यालयको ट्वाइलेटमा थुनिदिएपछि निकै विवादित बने ।

 

धेरैले उनको त्यस्तो कदमलाई ‘हकी स्वभाव’ भनेर प्रशंसा पनि गरे । कसैले अराजक शैली भन्दै आलोचना । तिनै नेता अहिले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री बनेका छन् । काठमाडौंका ठूला व्यावसायी घराना तथा ब्यापारीहरु उनै कठोर नेता मात्रिका यादवको आगमनलाई कसरी हेरिरहेका छन् ? त्यो पक्ष रोचक हुनेछ ।

 

यही सन्दर्भमा केपी ओलीले पनि प्रधानमन्त्री बन्नुअघि नै ‘कालो धनलाई बजारमा ल्याउने’ दाबी गरेका थिए । प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति र नयाँ आपुर्ति मन्त्रीबीचको कार्यशैलीको तालमेल मिल्यो भने पक्कै ठूला ब्यापारीलाई अप्ठ्यारो पर्नेछ ।

 

आपुर्तिमन्त्रीका चुनौती

पछिल्लो समय कन्द्रीय बैंकले ल्याएको नीतिले निजी सवारीसाधन खरिद गर्न सहज बनाएको छ । सवारी किन्न ३५ प्रतिशत डाउन पेमेन्ट गरे पुग्छ । बाँकी पैसा बैंक तथा वित्तीय संस्थाले ऋण दिन्छ । बैंक तथा वित्तीय संस्थाहरुले सवारीसाधनमा एक खर्ब ५० अर्बभन्दा बढी ऋण प्रवाह गरेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । यसले के स्पष्ट हुन्छ भने नेपालीहरु बैंकबाट ऋण लिएर सवारीसाधन बिक्रेती चंगुलमा फस्ने गरेका छन् ।

 

राष्ट्र बैंकको चालु आव २०७३–७४ को तथ्यांक अनुसार सावारी र त्यसमा प्रयोग हुने पार्टपुर्जाको आयात बढ्दो छ । निर्यात ०.४ प्रतिशतले घटेको छ भने आयात ३.७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै आयात हुने वस्तु सवारीसाधन, पार्टपुर्जा टायर हुन् । २६.७ प्रतिशत दरले सवारीसाधनको माग बढ्दोछ ।

 

यस्तो अवस्थामा आपुर्तिमन्त्री र प्रधानमन्त्री दुबै मिलेर ठूला घराना व्यवसायी तथा कालोबजारी गर्ने कम्पनीहरुलाई कारवाही प्रक्रिया तत्काल बढाएको खण्डमा देशकै आर्थिक उन्नति हुने पक्का छ । अर्थात् ब्यापारीहरुले उपभोक्ता ठग्दै गैरकानुनी रुपमा कमाएको धन राष्ट्रको समृद्धिका लागि बलियो आधार बन्नेछ ।

 

कालोबजारी गर्दैआएका कम्पनी

एसएडब्लू अर्थ मुभर्स प्रालि, ईस्टर्न एजेन्सी प्रालि, जिओ अटोमोबाइल्स प्रालि, पायोनियर मोटो कर्प प्रालि, कन्टिनेन्टल टे«डिङ इन्टरप्राइजेज, स्याकर ट्रेडिङ कम्पनी प्रालि, युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालि, एमएडब्लु इन्टरप्राइजेस, एडभान्स अटो मोबाइल्स प्रालिलगायतका सवारीबिक्रेता कम्पनीमा सरकारले अनुगमन गरिसकेको छ ।

 

यसबाहेक अन्य कम्पनीले समेत उपभोक्ता ठगी गर्दैआएको बुझिएको छ । केही कम्पनीलाई उन्मुक्ति दिने नियत विभागको देखिन्छ । यस्तो अवस्थामा नननियुक्त मन्त्री यादव स्वयं विभागका लागि चुनौती बन्नेछन् ।

 

यसरी ठगी गर्छन् कार बिक्रेता कम्पनी

अधिकांश सवारी बिक्रेताहरुले कानुन मिचेर प्रतिसवारी साधन ८३ प्रतिशतसम्म नाफा राखेर बेच्ने गरेको भेटिएको छ । लक्ष्मी ईन्टरकन्टिनेन्टलले कोरियामा निर्मित हुण्डाइको ईओन ईरा प्लसमा ८३ प्रतिशत नाफा लिँदैआएको छ । रेनल्ड कारको आधिकारिक बिक्रेता एड्भान्स्ड अटोमोबाईल्सले प्रतिकार ३५ प्रतिशत फाइदा लिएर बेच्ने गरेको छ । भोक्सवागन बेच्दैआएको पूजा ईन्टरनेश्नल नेपालले पनि ३९ प्रतिशत मुनाफा उठाउँदै उपभोक्ता ठगिरहेको छ ।

 

यस्तै निशान गाडी बेच्ने पायोनियर अटो कर्पले पनि प्रतिकार ३८ प्रतिशत मुनाफा लिएर कालोबजारी गरिरहेको छ । त्यस्तै फोर्डको कारमा पनि कम्पनीले प्रतिकार ५२ प्रतिशतभन्दा बढी मुनाफा लिएर उपभोक्ता ठगिरहेको देखिन्छ ।

 

जवकी, २० प्रतिशतभन्दा बढी मुनाफा राख्नुलाई कालोबजारी मानिन्छ । कालोबजारी तथा केही सामाजिक अपराध तथा सजाय ऐन २०३२ ले २० प्रतिशतभन्दा बढी नाफा राखेर वस्तु बेच्नुलाई गैर कानुनी मानेको छ । सो ऐनको दफा ३ ले २० प्रतिशतभन्दा बढी मुनाफा लिए पाँच वर्ष कैद वा जरिवान दुबै हुने व्यवस्था गरेको छ ।

 

पछिल्लो समय चर्को कालोबजारी गर्दैआएका अटोमोबाइल्स कम्पनीहरुमाथि आपुर्ति मन्त्री यादव र प्रधानमन्त्रीको ‘एक्सन’ कति लक्षित होलान् ? जब कि, आपुर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण हित विभागले अनुगमन गरी केही कम्पनीमाथि कालोबजारी पुष्टि गरिसकेको छ ।

 

स्रोत अनुसार विभागले पनि केही कालेबजारी गर्ने कम्पनीलाई भने उन्मुक्ति दिने प्रयास गर्दैआएको छ । यस्तो अवस्थामा अटोमोबाइल्स कम्पनी र विभागलाई समेत कानुनी दायरामा ल्याएर कारवाही गर्नुपर्ने चुनौती नयाँ आपुर्तिमन्त्रीका लागि छ ।

 

विकास र समृद्धिको नारा लिएका प्रधानमन्त्री केपी शर्मा ओलीले देशको बागडोर सम्हालेका छन् । कालोबजारीलाई तह लगाउने बताउँदैआएका छन् उनले । यस्तोमा सबैभन्दा पहिला कालोबजारी र ठगीको धन्दा चलाउने सवारीसाधन व्यवसायीलाई करवाहीको घेरामा ल्याउलान् त ?

 

जबकि, देशको सबैभन्दा धेरै रकम सवारीसाधनकै माध्यमबाट बाहिरिने गरेको छ । प्रधानमन्त्री ओलीको घोषणा अनुसार कालो धन बजारमा आउनेछ । जसले गर्दा उपभोक्तामाथि भएको शोषण अन्त्य हुनुको साथै मुलुकको समृद्धिको सम्भावना बढ्नसक्छ ।

 

 र याे पनि 

► आकाशीयो हुण्डार्इ कार बिक्रेताको कालोबजारी, मूल्य नघटाउने नियत

 गाडी बिक्रेतालाई मस्ती, उपभोक्तालाई सास्ती

 कालोबजारी नगरेको भन्दै नाडाले निकाल्यो विज्ञप्ति 

 नाडा महासचिव दुलाल भन्छन्ः हामीलाई नाफा अझै पुगेको छैन (भिडियो) 

 ‘रेनल्ड’ गाडीमा ब्रह्मलुट, समाचार लेख्दा सञ्चार माध्यम बन्द गरिदिने धम्की (भिडियो)

 ‘रेनल्ड’ गाडी र 'सुजुकी बाईक'मा ब्रह्मलूट, ८ लाखको गाडीलाई ३५ लाख !

  निसान गाडीमा निरन्तर ठगी

  उपभोक्ता हित संरक्षण विभागको अनुगमन तिब्र तर कारवाही शून्य

  कालोबजारी गर्नेहरुलाई यसरी तह लगाउँदैछन् महानिर्देशक दाहालले(भिडियाेसहित)

  अब मोटरसाइकलमा लुट मच्चाउनेहरुको बज्ने भयो बाह्र (भिडियाेसहित)

  कालोबजारी गर्ने कसैलाई पनि छाड्दिन (भिडियोसहित)

  ‘एड्भान्स्ड अटोमोबाईल्स’ले कालोबजारी गरेको भन्दै महानिर्देशक दाहालको निर्देशनमा छापा मारियो

  रोकिएन ‘फोर्ड’ गाडीको चर्को कालोबजारी 

  कालोबजारी गर्नेहरुलाई यसरी तह लगाउँदैछन् महानिर्देशक दाहालले (भिडियोसहित)

  पल्सरको प्रेममा परेका युवालाई यसरी ठग्दो रहेछ बजाजले

►  यामाहाको लुट एकलौटी, डिलर सञ्चालकले पाउँछन् मात्रै पाँच प्रतिशत

►  यामाहाले एउटै मोटरसाइकलमा ७८ हजार फाइदा लिने गरेको खुलासा

  अब मोटरसाइकलमा लुट मच्चाउनेहरुको बज्ने भयो बाह्र (भिडियाेसहित) 

► युवतीहरू हुरुक्क हुन्छन् स्कुटीमा, स्कुटीबाटै लुट्छन यिनले (तालिकासहित)

नामका प्रतिष्ठित व्यापारी, काममा देश सिध्याउने मेलो

► यामाहाको लुट जानौं, लुट्ने पनि चिनौं (लुटको लिस्टसहित)

हुन्डाईमा चर्काे कालाबजारी : एउटै कारमा साढे २१ लाख रुपैयाँसम्म झ्वाम

 अभिक ज्योतिको व्यापार लुटको जगमा

समाचार प्रभाव : गाडीमा कालोबजारी गर्ने हुन्डाईको सो रुममा छापा, कागजात नियन्त्रणमा

नाडा अटो मेलामा जाँदै हुनुहुन्छ ? बजाजको ठगीबाट बच्नुहोला

पल्सरको प्रेममा परेका युवालाई यसरी ठग्दो रहेछ बजाजले

गोल्छाबाट लुटिएको थाहा पाएपछि ग्राहकहरु बजाजका मोटरसाइकल फिर्ता गर्न सोरुम पुग्न थाले

बजाजको मोटरसाइकलमा लुट मच्चाउने शेखर गोल्छा उद्योगी व्यापारीको नेता हुने दौडमा

विशेष