राजनीति

एलडीओलार्इ ट्वाइलेटमा थुनेका मन्त्री यादवकाे यस्ताे छ 'बायाेडाटा'

एलडीओलार्इ ट्वाइलेटमा थुनेका मन्त्री यादवकाे यस्ताे छ 'बायाेडाटा'

काठमाडाैं । माअाेवादीकाे काेटाबाट मातृकाप्रसाद यादव मन्त्री भएका छन् । प्रधानमन्त्री केपी शर्मा अाेलीले साेमबार मन्त्री परिषद् विस्तार गरेर ७ सदस्य बनाएका हुन् । 

 


वनमन्त्री हुँदा ललितपुरका एलडीयो डण्डुराज घिमिरलार्इ उनकै कार्यलयकाे ट्वाइलेटमा थुनेर विवादित भएका मातृकाप्रसाद यादव उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री बनेका हुन् ।

 

काे हुन् यादव

 

धनुषा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा वाम गठवन्धनबाट माओवादीका यादव विजयी भएका हुन् । उनले संघीय समाजवादी फाेरम नेपालका दीपक कार्कीलार्इ हराएर अाफ्नाे जित सुरक्षित गरेका थिए । उनले २६ हजार ४ सय १८ मत ल्याएर बिजय हुँदा फाेरमका कार्कीले १७ हजार २ सय ९६ मत प्राप्त गरेका थिए ।

 

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मातृकाप्रसाद यादवको जन्म २०१५ साल असोज ३ गते सबैला ५ धनुषामा भएको हो ।

 

त्रिवेनी हाई स्कुल उदयपुर कटारीबाट एसएलसी पास गरेका यादवले सूर्यनारायण सत्यनारायण मर्वैता बहुमुखी क्याम्पस, सिरहाबाट प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन्।

 

२०२८ सालमा कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका यादव २०३४ सालको चौथो महाधिवेशनमा मसालमा सामेल भएका थिए । माओवादी जनयुद्धका बेला उनले मधेश व्युरोको नेतृत्व गरेका थिए ।

 

२०६३ सालको अन्तरिम व्यवस्थापिका सांसदमा प्रतिनिधित्व गरेका यादव २०६४ सालको संविधानसभा चुनावमा समानुपातिकबाट सांसद भएका थिए। २०६३ सालमा वनमन्त्री र २०६५ सालमा भूमिसुधार मन्त्री भएका थिए ।

 

विशेष