माओवादी संसदीय दलको मुख्य सचेतकमा नेपाली
सुर्खेत । नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेशको संसदीय दलको मुख्य सचेतकमा सीता नेपाली चयन भएकी छन् ।
माओवादी केन्द्रका तर्फबाट सुर्खेतबाट निर्वा्चित सांसद सीता नेपालीलाई कर्णाली प्रदेशको संसदीय दलको मुख्य सचेतकमा चयन गरिएको सांसद कृष्ण शाहले जानकारी दिए ।
संसदीय दलका अन्य पदाधिकारी संसदीय दलको मस्यौदा नियमावली निर्माण भएपछि मात्रै चयन गरिने सांसद शाहले बताए ।
पार्टीका तर्फबाट प्रदेश सरकारको मन्त्री बन्ने दाबी गरेकी सांसद नेपाली कर्णाली प्रदेशको संसदीय दलको मुख्य सचेतक बनेकी हुन् ।
सांसद नेपाली दोस्रो संविधानसभा निर्वाचनमा सुर्खेतबाट सांसद भएर प्रतिनिधिसभामा संसदीय दलको सचेतक बनेकी थिइन् ।