मनोरञ्जन मुख्य समाचार देश

विप्लव माओवादीले सलमान खानको विरोध गर्योः नेपाली कलाकारलाई उपेक्षा गर्दै करोडौं तिरेर भारतीय ल्याउने

विप्लव माओवादीले सलमान खानको विरोध गर्योः नेपाली कलाकारलाई उपेक्षा गर्दै करोडौं तिरेर भारतीय ल्याउने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी 'विप्लव' निकट अखिल नेपाल जनसांस्कृतिक महासंघले भारतीय सुपरस्टार सलमान खानको ‘बलिउड सुपरस्टार दबंग द टुर’ लाई रोक्न प्रतिरोधमा जुट्ने भएको छ ।

 

छिमेकी राष्ट्र भारतद्वारा लामो समय देखि राजनीतिक अतिक्रमका साथै सांस्कृतिक अतिक्रमण भैरहेको जनाउँदै यहि फाल्गुन २६ गरे राजाधानी काठमाण्डौको सैनिक मन्चमा हुन लागेको भारतीय महङ्गो कार्यक्रम प्रति विप्लव निकट महासंघले सरोकारवालाहरुलाई गम्भीर ध्यानाकर्षण समेत गराएको छ ।

 


उसले भनेको छ नेपाली कलाकारहरूलाई उपेक्षा गरेर विदेशीलाई करोडौं तिरेर राजधानीको मुटुमा नचाउने कुरा अमान्य भएको जनाएको छ ।

 


हाम्रो नेपाली राष्ट्रिय स्वाभिमानको अखडा सैनिक मञ्चमा भारतीय ब्यापारी कलाकारहरु उतार्न लागेको कार्यले राष्ट्रिय संवेदनशिलता माथि नै प्रश्न उठाएको जिकिर गर्दै यस्तो कार्य रोक्न विप्लव निकट अखिल नेपाल जनसांस्कृतिक महासंघले संबन्धित पक्षसंग जोडदार माग गरेको छ ।

 


नेपालमा विईङ ह्युमनको नामबाट सामानहरू बिक्री गर्दै भारतीय जनताको लागि सहयोग गर्दै आएका नायक खानको कार्यक्रमले नेपाली राष्ट्रियताको रक्षा र संवद्र्धनका लागि सांस्कृतिक अतिक्रमण स्वीकार्य नहुने विज्ञप्तिमा भनिएको छ ।

विशेष