मुख्य समाचार देश

सिरिया आक्रमणको बिरोध गर्दै नेपाल मानव अधिकारवादीले गरे पुल्चोकमा धर्ना

सिरिया आक्रमणको बिरोध गर्दै नेपाल मानव अधिकारवादीले गरे पुल्चोकमा धर्ना

काठमाडौं। सिरियामा निर्दोष जनतामाथि चरम दमन गरेको छ । सिरियामा बहुराष्ट्रिय सेनाको दमनलाई लिएर मंगलबार नेपालमा बिरोध प्रदर्शन भएको छ ।

 

नेपालमा रहेको संयुक्त राष्ट्र संघको कार्यालय ललितपुरको पुल्चोकमा विभिन्न मानवअधिकारबादी संस्थाले धर्ना दिदै बिरोध जनाएका छन्। सिरियामा भएको बमबारी र नरसंहार तत्काल रोक्न, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा पारित युद्ध विरामको प्रस्तावलाई तत्काल लागू गर्न माग गर्दै मानवअधिकारकर्मिहरुले बार्ताको लागि मार्ग प्रशस्त गर्न सिरियाली सरकार र विद्रोहीहरुलाई आग्रह पनि गरेको छ ।

 

धर्नासँगै मानव अधिकारकर्मीहरुले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेशलाई सिरियाली जनताको जीवन रक्षाका लागि प्रभावकारी भूमिका खेल्न संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालय मार्फत ज्ञापन पत्र समेत पठाएको छ ।

विशेष