राजनीति

बालकृष्णलाई जेलमा भेटेपछि बाबुरामको आक्रोश, जनयुद्धको फल खाने तर बालकृष्णलाई बालेर आगो ताप्ने ?

बालकृष्णलाई जेलमा भेटेपछि बाबुरामको आक्रोश, जनयुद्धको फल खाने तर बालकृष्णलाई बालेर आगो ताप्ने ?


काठमाडौं । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा। बाबुराम भट्टराईले जेल जीवन बिताइरहेका माओवादी नेता बालकृष्ण ढुंगेललाई भेटेका छन् । बिहीबार डिल्लीबजारस्थित सदरखोर कारागार पुगेर भट्टराईले भेटेका हुन् ।

ढुंगेललाई भेटपछि आफूलाई निकै आत्मग्लानी अनुभूति भएको बताएको डा।भट्टराईले फेसबुकमा लेखेका छन् । उनले जनयुद्धलाई अपराध मान्न आफू तयार नभएको बताएका छन् ।

डा भट्टराईले जनयुद्धरुपी क्रान्तिकारी रुखको फल गणतन्त्र, संघीयता, धर्मनिरेक्षता, समावेसीरसमानुपातिक लोकतन्त्रको फल मिठो मानेर थपीथपी खाने तर त्यो फलाउने रुखका रुपमा रहेका बालकृष्ण ढुंगेल जस्ता हाँगाहरु बालेर आगो ताप्न नसकिने बताएका छन् ।

यस्तो भट्टराईको स्टाटसः

जनयुद्धका सहयोद्धा तथा पूर्व सभासद बालकृष्ण ढुंगेललाई आज डिल्लिबजार सदर कारागारमा भेट्दा निकै आत्मग्लानिको अनुभूति भयो । क्रान्तिलाई ‘अपराध’ मान्न मन कत्ति तयार भएन । जनयुद्धरूपी क्रान्तिकारी रूखको फल गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी र समानुपातिक लोकतन्त्रको फल मिठो मानेर थपीथपी खाने तर त्यो फलाउने रूखका बालकृष्ण ढुंगेलहरू जस्ता हाँगाहरूलाई बालेर आगो ताप्न कसरी सकिन्छ र ?

विशेष