राजनीति

विप्लवलाई पक्राउ गर्न गृहमन्त्री बादलकाे ठाडाेे निर्देशन

विप्लवलाई  पक्राउ गर्न गृहमन्त्री बादलकाे ठाडाेे निर्देशन

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासविच नेत्रविक्रम चन्द विप्लवलाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । कपिलवस्तुमा रहृेको विप्लवको घरमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पक्राउ पुर्जी टाँस गरेको छ ।

 

जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका प्रहरी निरीक्षक केशवराज ज्ञवालीले विप्लवको घरमा पक्राउ पुर्जी टाँसिएको बताए । भोजपुर जिल्ला अदालतले विस्फोटक पदार्थ र ज्यान मार्ने उद्याेगमा मुद्दामा उपस्थित गराउन पत्राचार गरेपछि विप्लवलाई पक्राउ पुर्जी जारी गरिएको ज्ञवालीले बताए ।

 

नेकपा पोलिटव्यूरो सदस्य भरत बलले विप्लवको घरमा पक्राउ पुजी टाँस भएको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् । सोमबारमात्र गृहमन्त्री माओवादी केन्द्रका नेता रामबहादुर थापा गृहमन्त्री नियुक्त भएपछि विप्लवमाथि पक्राउ पुर्जी जारी भएको छ ।
 

 

विशेष