समाज मुख्य समाचार

जनताको समस्यालाई ध्यानमा राखेर काम गर्नुपर्छ : मन्त्री थापा

जनताको समस्यालाई ध्यानमा राखेर काम गर्नुपर्छ : मन्त्री थापा

म्याग्दी । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले जनताले अनुभूति हुनेगरी काम गर्नुपर्ने बताएकी छन् । बुधबार महिला तथा बालबालिका कार्यालय म्याग्दीको भवन उद्घाटन गर्दै उनले संविधानले व्यवस्था गरे अनुरुप बनेको तीन तहको सरकारले जनताको समस्यालाई ध्यानमा राखेर काम गर्नुपर्ने बतार्इन् ।

 

संविधानले तीनवटै सरकारको अधिकार स्पष्ट रुपमा उल्लेख गरेको हुँदा सोही बमोजिम काम गर्नुपर्ने बताउँदै मन्त्री थापाले सङ्घीयताको कार्यान्वयन अनुसार अघि बढ्नुपर्ने बतार्इन् । कर्मचारीतन्त्र स्थायी सरकार भएको हुँदा सरकार र जनताको बीचमा बसेर पुलको काम गर्नुपर्ने भन्दै उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई व्यवस्थित ढङ्गबाट जनतासामु लैजान कर्मचारीहरुलाई निर्देशन दिर्इन् ।


मन्त्री थापाले कर्मचारी र प्रशासन क्षेत्रबाट सबैभन्दा पहिला राज्यको नीति तथा कार्यक्रमहरुलाई इमान्दारीताका साथ लागू गरी कार्यान्वयन गर्नुपर्ने बताउँदै परिवर्तित सन्दर्भमा परिवर्तनको महशुस गराउने कर्तव्य कर्मचारी र प्रशासन क्षेत्रको भएकोमा जोड दिए ।


स्थानीय तहमा स्पष्ट नीति निर्देशन नहुँदा भैरहेको समस्यालाई सरकारले समाधान गर्ने बताउँदै मन्त्री थापाले आगामी पाँच वर्षभित्र देशलाई समृद्धिको बाटोमा लैजाने मन्त्री थापाले बताएकी छन् । महिला तथा बालबालिका कार्यालय कुल जनसंख्याको ८१ प्रतिशत जनसङ्ख्यासम्म पुग्ने भएकाले पनि तालिम, गोष्ठी, जनचेतनामूलक कार्यक्रमबाहेक आयआर्जनका क्षेत्रलाई समेत प्राथमिकता दिनेगरी सरकारले बजेटमार्फत सम्बोधन गर्ने उनले बतार्इन् ।


आर्थिक वर्ष २०६८/६९ मा निर्माणकार्य सुरु भएको महिला तथा बालबालिका कार्यालय भवनको ०७२/७३ मा निर्माण सम्पन्न भएको थियो । भ्याट रकमबाहेक कुल १ करोड ३६ लाख २१ हजार ९७२ रुपैयाँको लागतमा निर्मित दुईतले भवनमा १२ ओटा कोठाहरु रहेका छन् ।

 

विशेष