प्रहरीले ‘इन्काउन्टर’गर्ने संकेत पाएपछि आत्मसमर्पण गरे रेशम चौधरीले
काठमाडौं । प्रतिनिधिसभा सदस्यको रुपमा निर्वाचित रेशम चौधरीलाई अदालतले कैलाली घटनाको दोषी ठहर गरेपछि अदालतसमक्ष उनले आत्मसमर्पण गरे ।
आत्मसमर्पण गरेसँगै उनलाई थुनामा राख्न अदालतले आदेश दियो । केहीअघिसम्म आफूलाई फसाइएको भन्दैआएका चौधरीले किन अचानक आत्मसमर्पण गरे ? भन्नेमा धेरैको चासो छ ।
कैलाली जिल्ला प्रशासन स्रोतका अनुसार चौधरीले आफूलाई पनि प्रहरीले ‘इन्काउन्टर’मा हत्या गर्ने संकेत पाएपछि आत्मसमर्पण गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीका एक अधिकारीले दिएको सुचनाअनुसार चौधरीलाई ‘इन्काउन्टर’मै पार्ने प्रहरीको योजना थियो । प्रहरीले कुनै पनि बेला आफूविरुद्ध जे पनि गर्नसक्ने संकेत पाएरै भुमिगत शैलीमा रहेका चौधरी आफैँ अदालतसमक्ष पुगेका हुन् ।
यद्यपि आफूमाथि भएको फैसला विरद्ध पुनरावेदन अदालत जाने बताएका छन् । थुनामै लैजाँदा पनि उनको साथमा थुप्रै स्थानीय युवा थिए । अहिले पनि उनलाई भेट्न जाने स्थानीय युवाहरुको भीड लाग्दैआएको छ ।