विचित्र विश्व

जान्नुहोस्, प्राचिनकालका ७ अनौठा सेक्स प्रथा

जान्नुहोस्,  प्राचिनकालका ७ अनौठा सेक्स प्रथा


हामीमध्ये धेरैजसो वर्तमान समयको ‘सेक्स ट्रेन्ड्स’ अर्थात् यौन प्रथाबारे जानकार छौं होला । तर धेरैलाई थाहा नहोला, सेक्सको अनौठो प्रथा शताब्दीऔँ पहिलेदेखि थियो । जान्नुहोस्, ती ७ अनौठो प्रथा बारे ।


१ लिपिस्टक र ओरल सेक्स (मुख मैथुन) 

प्राचीन इजिप्टमा लिपिस्टिक लगाउनुको अर्थ तपाई ओरल सेक्सका लागि तयार हुनुहुन्छ भन्ने लाग्थ्यो । बिशेषगरी, इजिप्टका दरबारी यौनकर्मी आफ्नो ओरल सेक्सपटाइज देखाउनका लागि लिपिस्टिक लगाउने गर्थे । यहीबाट लिपिस्टिक र ओरल सेक्सको सम्बन्ध बाहिर आएको थियो ।


२ तिखा जुत्ता

१५औँ शताब्दीमा तिखो र लामो औला भएको जुत्ताको प्रथा थियो, जसलाई ‘पुलिनंस’को नामबाट चिनिन्थ्यो । जति तिखो जुत्ता लगायो, त्यति नै ठूलो यौनाङ्ग हुने बुझिन्थ्यो ।

३ धार्मिक संस्कारको रुपमा ‘सेक्स’

गर्मी मौसममा हैटीमा स्थानीयवासी एक झरनामा जान्थे र नग्न भएर नुहाउँथे । प्रेमकी देवीको पुजा गर्न उनीहरुले यस्तो गर्थे । केही बढी धार्मिक व्यक्ति बलि दिएको जनावरको रगतमा सेक्स गर्न राम्रो मान्थे ।

४ स्वस्थ्यका लागि खराब सेक्स

आयरल्याण्डको ‘आइनिस बीग’ द्धीपमा स्थानीयवासी सेक्स स्वास्थ्यका लागि राम्रो नहुने मान्थे । यदि उनीहरुले सेक्स गर्ने निर्णय गरे पनि भित्री वस्त्र लगाइरहेका हुन्थे ।

५ इरेक्टाइल डाईफंसन 

अहिलेको समयमा ‘इरेक्टाइल डाईफंसन’ अर्थात् लिंग उत्तेजित नहुने समस्याको धेरै उपाय र समाधान छ । तर, १७औँ शताब्दीमा यस समस्याबाट छुटकारा पाउनका लागि ‘ओटोइराटिक असफिकसिएशन’ गर्ने, जसमा श्वासलाई केही समयका लागि रोक्नु पर्दथ्यो ।

६ पैतालामा काउकुती लगाउने 

रुसको जार शासनमा महारानी जारिनालाई खुशी पार्न यस्ता व्यक्ति हुने गर्थे, जो उनको सन्तुष्टिका लागि ‘फूट लिकलर्स’ अर्थात् खुट्टामा काउकुती लगाउने काम गर्थे । जारिनालाई खुशी पार्न यस्ता व्यक्तिले अस्लिल गीत पनि गाउने गर्थे ।

७ ट्याटिकल पोर्नोग्राफी 

पोर्नोग्राफीको सुरुवात १८औँ शताब्दीमै जापानमा भएको थियो । जसमा सबैभन्दा पहिलो जापानी कलाकार होकुसाईले आफ्नो रचनामा अक्टोपस र मान्छे बिचको यौन सम्बन्ध देखाएका थिए । उनले सन् १८१४ मा ‘द ड्रिम अफ द फिशरम्यान्स वाइफ’ नामबाट पेन्टिङ बनाएका थिए, जसमा एक महिला अक्टोपससँग संभोग गरिरहेको देखिन्छ ।

विशेष