नगरपालिकाका सबै कर्मचारी कामै छाडेर भ्रमणमा
पाँचथर । जनप्रतिनिधिसहितको सम्पूर्ण टोली नै साताव्यापी भ्रमणका नाममा निस्किएपछि फिदिम नगरपालिका कर्मचारी र प्रतिनिधिविहीन बनेको छ ।
कार्यालयका कर्मचारी र तिनका नजिकका आफन्तसहित सबै जना नगरपालिकाको खर्चमा भ्रमणका नाममा निस्किएका हुन् । भ्रमण टोलीमा कर्मचारी, तिनका आफन्त, कार्यपालिकाका सदस्य र प्रमुख प्रशासकीय अधिकृतसहितका अधिकांश टोली छन् ।
जसका कारण पाँच दिनयता कार्यालय कर्मचारी अभावका कारण शून्य भएको र स्थानीयले नगरपालिकाबाट पाउनुपर्ने अत्यावश्यक सेवासमेत पाउन नसकेका त्यहाँका स्थानीयले बताएका छन् ।