राजनीति मुख्य समाचार

सभामुख र राष्ट्रियसभा अध्यक्षलाई सुविधै सुुविधा

सभामुख र राष्ट्रियसभा अध्यक्षलाई सुविधै सुुविधा

प्रतिनिधिसभा सभामुख र राष्ट्रियसभाका अध्यक्षले पाउने सुविधा एकै किसिमको हुनेछ । संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक सुविधासम्बन्धी ऐन, २०७३ अनुसार दुवैले मासिक एक लाख ३६ हजार रुपैयाँ पाउनेछन् ।


दुवैको मासिक पारिश्रमिक ६७ हजार ३ सय २० रुपैयाँ र विशेषभत्ता प्रतिमहिना एक हजार र बैठक भत्ता प्रतिदिन एक हजार रुपैयाँ हुनेछ ।


साथै उनीहरूले सञ्चार सुविधावापत प्रतिमहिना ३ हजार, आवास सुविधावापत २८ हजार २ सय ७५ र फर्निचर खर्चवापत एकमुष्ठ १५ हजार रुपैयाँ पाउनेछन् ।


त्यसैगरी उनीहरुले निजी सचिवालय बदोबस्त गर्न प्रतिमहिना २ हजार र घरको सुरक्षा गार्डका लागि प्रतिमहिना २ हजार रुपैयाँ पाउनेछन् ।


साथसाथै उनीहरुले सवारी इन्धनवापत प्रतिमहिलना २ सय ५० लिटर पेट्रोल पाउनेछन् भने मोबिल हरेक तीन महिनामा १० लिटर पाउने व्यवस्था मिलाइएको छ ।
बिजुली र धाराका लागि प्रतिमहिना बिलअनुसार रकम भुक्तानी गरिने व्यवस्था गरिएको छ भने भ्रमण भक्ता प्रति दिन तीन हजार, यात्रा बिमा प्रतिभ्रमण १० लाख, चालकलाई पोसाक भत्तावापत वार्षिक ४ हजार दिइने छ ।

याे खबर अाजकाे नागरिक दैनिकमा छ

 

विशेष