राजनीति

संसद सचिवालयकाे आह्वानमा सर्वदलीय बैठक बस्दै

संसद सचिवालयकाे आह्वानमा  सर्वदलीय बैठक बस्दै

काठमाडौं । संघीय संसद्को पहिलो बैठकका एजेण्डाबारे छलफल गर्न संसद सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ ।

 

बैठक आज दिउँसो २ बजे अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बैठक आह्वान गरिने संसद् सचिवालयले जानकारी दिएको हो ।

 

सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले भने, ‘राष्ट्रिय मान्यताप्राप्त हरेक दलबाट एकएक जना प्रतिनिधिलाई बैठकमा बोलाइएको छ ।’ संघीय संसद्को पहिलो बैठकको एजेण्डा र तयारीबारे दलहरुसँग बृहत छलफल गरिने पनि उनले जानकारी गराए । संघीय संसद्को पहिलो बैठक भने फागुन २१ गते दिउँसो ४ तोकिएको छ । 

 

पहिलो बैठकमा राष्ट्रपतिको अधिवेशन आहृवान पत्र पढेर सुनाउने, सहिदका सम्मानमा एक मिनेट मौनधारण गर्ने, अन्तरिम कार्यविधि पारित गर्नेलगायत कार्यसूची समावेश गरिएको छ । पहिलो बैठकमा दलीय आधारमा प्रत्येक दलका एक जनालाई बोल्ने तयारी पनि गरिएको छ ।

विशेष