रोजगार

सेनामा जागिर खुल्यो, १७ सय ४१ जनशक्ति माग

सेनामा जागिर खुल्यो, १७ सय ४१ जनशक्ति माग


काठमाडौं । नेपाली सेनाले सैन्य र प्राविधिक सेवा गरी एकैपटक १७ सय ४१ जनशक्तिका लागि आवेदन खुलेको छ । सेनाले सैन्यतर्फ १५ सय ८० र प्राविधिकतर्फ १६१ जनशक्ति आह्वान गरेको हो ।

सैन्यतर्फ जंगी अड्डा, तथा सबै पृतना र बाहिनीका लागि छुट्टाछुट्टै पदपूर्तिको सूचना निकालिएको छ । जंगी अड्डामा खुला तथा समावेशी गरी २०० सैन्य माग गरिएको छ । यस्तै, सहायक पण्डित, अमल्दार कर्मचारी, ड्राइभर, सुचिकार, कुचिकार सिकर्मी लगायतका प्राविधिक दरबन्दीमा जनशक्ति माग गरेको छ ।

आवेदकले जंगी अड्डा तथा अन्य विज्ञापन भएका भर्ना केन्द्रहरुमा आवेदन दिन सक्नेछन् । माघ २१ गतेदेखि फागुन २८ गतेसम्म दरखास्त दिन सकिनेछ ।

विशेष