प्रदेश ५ को दोस्रो बैठक फागून २ गते
आउँदो फागुन २ गते बस्ने गरी प्रदेश ५ को प्रदेशसभा बैठक स्थगित भएको छ । बैठकले सभामुख र उपसभामुख नहुदा संसद सञ्चालनका लागि ५ सदस्यीय समिति गठन गरेको छ । समितिमा नेकपा एमालेका कमलराज श्रेष्ठ, नेकपा माओवादी केन्द्रका दधीराम न्यौपाने, नेपाली कांग्रेसका अष्टभूजा पाठक र राष्ट्रिय जनमोर्चाका तारा जिसी रहेका छन् ।
आईतबारको बैठकले प्रदेशसभाको अन्तरिम कार्यसञ्चालन कार्यविधि पनि पारित गरेको छ । जेष्ठ सदस्य ७९ वर्षीय बलदेव शर्मा पोखरेलले सभामुखको हैसियतमा बैठक सञ्चालन गर्नुभएको थियो ।
सुरुमा सभामुख पोखरेलले प्रदेश प्रमुख उमाकान्त झाबाट प्राप्त अधिवेशन आहृवान सम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो । प्रदेश ५ मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्व छ ।