प्रधानमन्त्री देउवाले फागुन ६ गते राजीनामा दिने
काठमाडाै । कामचलाउ सरकारकाे नेतृत्व गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन ६ गते राजीनामा दिने मुड बनाएका छन् । वरिष्ठ पत्रकार एवम् प्रेसकाउन्सील नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ फेसबुकबाट उक्त कुराको जानकारी दिएका हुन् ।
रामचन्द्र पौडेल, आरजु देउवा र बिमलेन्द्र निधीलाई राष्ट्रियसभामा मनोनीत गरी राजीनामा दिन मुड बनाएकाे श्रेष्ठले उल्लेख गरेका छन् । 'रामचन्द्र पौडेल,आरजु देउवा र बिमलेन्द्रलाई राष्ट्रियसभामा मनोनीत गरी छ गते राजीनामा दिने मुडमा शेरबहादुर !' उनले अाफ्नाे फेसबुक स्टेटसमा लेखेका छन् ।