एमाले–माओवादी एकतापछि: पार्टीको नाम 'नेपाल कम्युनिष्ट पार्टी'
एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई निर्णायक दिशा दिने गरी लगातार छलफल केन्द्रित गरेका छन् ।
राष्ट्रिय सभा निर्वाचन सकिएलगत्तै वैचारिक सैद्धान्तिक र संगठनात्मक एकतासम्बन्धी कार्यदल बनाएर एकतालाई ठोस दिने गरी दुई नेताले अन्तिम गृहकार्य अघि बढाएका खबर छन् ।
एकिकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी
दुई अध्यक्षबीच एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी मात्र राख्ने प्रारम्भिक समझदारी भएको छ ।
सैद्धान्तिक वैचारिक विषयमा महाधिवेशनसम्म छलफल गर्दै जाने र महाधिवेशनबाट हल गर्ने तर एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने समझदारी बनेको हो ।आजको नयाँ पत्रिकामा खबर छ