राजनीति

विद्यालाई 'माईनस' गर्दै राष्ट्रपति हुने दौडमा झलनाथ

विद्यालाई 'माईनस' गर्दै राष्ट्रपति हुने दौडमा झलनाथ

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले ठुला पदमा पुरानै व्यक्तिलाई दोर्याउनु नहुने बताएका छन् । साथै उनले पार्टीले जिम्मेवारी दिए आफू राष्ट्रपति बन्न तयार रहेको खुलाएका छन् ।

 

वरिष्ठ नेता खनालले राष्ट्रपति जस्ता महत्वपूर्ण जिम्मेवारी दोर्होयाएर दिन नहुने धारणा राखे । राष्ट्रपति विद्या भण्डारीलाई नै दोर्होर्याउने विषयले बजार पाईरहँदा खनालको यस्तो विपक्षी धारणा बाहिरिएको हो ।

 

इरानमा आयोजित आइक्यापको २९ औं बैठकमा भाग लिएर मंगलबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै आफू पदको लागि मरिहत्ते नगर्ने तर पार्टी र सबै समर्थन जनाए आफु राष्ट्रपति बन्न चाहेको बताएका हुन् ।

 

वरिष्ठ नेता खनालले पार्टीले मूल्यांकन गरेर दिएको जुनसुकै जिम्मेवारी पूरा गर्न आफू प्रतिवद्ध रहेको पनि दोर्होयाए ।

 

वरिष्ठ नेता खनालले माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रिया छिट्टै निश्कर्षमा पुग्ने दावी समेत गरे । उनले विचार र संगठनात्मक समस्या समाधान गर्न २ पार्टीबीच छलफल भइरहेको जानकारी पनि दिए ।

 

वरिष्ठ नेता खनालले भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणलाई स्वभाविकै रुपमा लिनुपर्ने धारणा पनि राखे ।

 

विशेष