मुख्यमन्त्रीको टुंगो लगाउन राजपा नेपाल अध्यक्ष मण्डलको बैठक आज
प्रदेश नम्बर २ मा संयुक्त सरकार गठनका लागि राजपा नेपाल अध्यक्ष मण्डलका नेताहरुबीच आज छलफल हुँदैछ । हिजो संघिय समाजवादी फोरम नेपालका नेताहरुसँग भएको छलफल निष्कर्शमा नपुगेपछि राजपाका नेताहरु आज छलफलमा बस्न लागेका हुन् ।
दुईदलबीच संयुक्त सरकार गठनका लागि सहमति भएपनि मूख्यमन्त्रीमा भने विवाद् रहँदै आएको छ । राजपाका नेताहरुले आलोपालो मूख्यमन्त्रीको प्रस्ताव गरेका छन् । तर फोरमले त्यो प्रस्ताव मानेको छैन ।