राजनीति मुख्य समाचार

प्रदेश ५ बाट कांग्रेसका एक जना र सात जना वाम गठबन्धनका उम्मेदवार निर्वाचित

प्रदेश ५ बाट कांग्रेसका एक जना र  सात जना वाम गठबन्धनका उम्मेदवार निर्वाचित

दाङ । प्रदेश नम्बर ५ को राष्ट्रियसभा सदस्यमा एमालेका दुई, माओवादी केन्द्रका दुई र कांग्रेसका एक जना निर्वाचित भएका छन्। यसअघि एमालेका दुई र कांग्रेसका एकजना निर्विरोध निर्वाचित भइसकेका छन्।

 

दलित र अन्यमा गरी एमालेका २, अल्पसंख्यक/अपाङ्गता र अन्य गरी माओवादी केन्द्रका २, नेपाली कांग्रेस अन्यमा एक जना विजयी भएका हुन्।

 

दलिततर्फ नेकपा एमालेका उम्मेदवार रामलखन चमार बिजयी भए। चमारको मत ५ हजार ५ सय ८ छ। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका मैकुलाल वाल्मीकिले २ हजार ३ सय ७० प्राप्त गरे । यसैगरी अपांग तथा अल्पसंख्यक तर्फ नेकपा माओबादी केन्द्रका उम्मेदवार राजकुमार कुवर विजयी भए। कुवरको मतभार ५ हजार ३ सय ४० प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका लुटबहादुर खत्रीले २ हजार ५ सय २० मत पाएका छन् ।

 

अन्यमा एमालेबाट खिमलाल भट्टराईले ३ हजार ६, माओवादी केन्द्रका चन्द्र बहादुर खड्काको मतभार २ हजार २ सय ८० र कांग्रेसबाट दुर्गाप्रसाद उपाध्यायको २ हजार ४ सय १ मत प्राप्त गर्दै विजयी भएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए।

 

विजयीहरुलाई भोलि बिहान ८ बजे प्रमाण पत्र वितरण गरिने रावलले वताए। महिलातर्फ भने तीन जना यसअघि नै निर्विरोध निर्वाचित भैसकेका हुन्।

 

यसअघि प्रदेश नम्बर पाँचमा महिलातर्फ एमालेवाट काेमल वलि, बिना बुढा र नेपाली काङ्ग्रेसबाट अनिता देवकोटा निर्विरोध निर्वाचित भएका थिए।

विशेष