राजनीति ताजा खबर

प्रदेश ५ मा १५ मत बदर

प्रदेश ५ मा १५ मत बदर

दाङ । बुधबार भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश नम्वर ५ मा १५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले नो भोट भएका मतपत्रलाई समेत जोडिएको हुँदा बदर मत धेरै देखिएको जानकारी दिए ।

उनका अनुसार दलिततर्फ ७, अपाङ्ग अल्पसंख्यकतर्फ ८ गरी १५ वटा मत बदर भएका छन् । “टिक लगाएर मत सङ्केत गर्नुपर्ने ठाउँमा १,२,३ लेखिएको भेटियो,” मुख्य निर्वाचन अधिकृत रावलले भने, “नो भोटवाला मतपत्रलाई पनि बदर मानेका छौ । त्यसैले बदर मतको संख्या बढी देखिएको हो ।”

निर्वाचनबाट पाँच जना राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादीका उमेदवार निर्वाचित भएका हुन् ।

विशेष