राष्ट्रियसभा चुनाव: वाम गठबन्धनलाई दुईतिहाई
एकल संक्रमणीय मतले कांग्रेसलाई ६ सिट फार्इदा
काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि हिजो भएको निर्वाचनको सबै परिणाम आएको छ । वाम गठबन्धनले दुई तिहाई सिट जितेको छ । कूल ५९ सदस्य मध्ये ५६ सदस्यका लागि भएको निर्वाचनमा वाम गठबन्धनले कूल ३९ सदस्य जित्न सफल भएको छ ।
एमालेले सबैभन्दा बढी २७ सदस्य जितेको छ । दोस्रोमा नेपाली कांग्रेस र तेस्रोमा माओवादी केन्द्र रहेको छ । कांग्रेसले १३ र माओवादीले १२ सिट जितेको छ । एकल संक्रमणीय मतका आधारमा भएको निर्वाचनबाट कांग्रेसलाई कम्तिमा ६ सिट फाइदा भएको छ ।
राजपा र संघिय समाजवादी फोरमले २ २ सिट जितेका छन् । बाँकी ३ जना अब राष्ट्रपतिले मनोनयन गर्नेछन् । प्रदेश नम्बर १ मा एमाले ५, कांग्रेस २, माओवादी केन्द्र १ सिट जितेको छ । प्रदेश नम्बर २ मा राजपा २, फोरम २, कांग्रेस २, एमाले १, माओवादी केन्द्र १ सिट जितेको छ ।
त्यस्तै प्रदेश नम्बर ३ मा एमाले ५, कांग्रेस २, माओवादी केन्द्र १ सिट जितेको छ भने प्रदेश नम्बर ४ मा एमाले ३, कांग्रेस ३, माओवादी केन्द्र २ सिट जितेको छ । प्रदेश नम्बर ५ मा एमाले ४, कांग्रेस २, माओवादी केन्द्र २ ले जितेको छ ।
प्रदेश नम्बर ६मा एमाले ५, माओवादी केन्द्र ३ र प्रदेश नम्बर ७ कूल संख्या ८ एमाले ४, माओवादी केन्द्र २, कांग्रेस २ सिट जितेको छ । निर्वाचित राष्ट्रियसभाका सदस्यहरुको अब सपथ भएपछि कार्यभार सम्हाल्नेछन् ।