मोहन वैद्य र विप्लवले चाँडै पार्टी एकता गर्ने
काठमाडौं । मोहन वैद्य 'किरण' नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टी एकतालाई छिटै टुङ्गोमा पुर्याउने निष्कर्ष निकालेका छन्।
दुई पार्टीका शीर्ष नेता सम्मिलित उच्चस्तरीय बैठकले क्रान्तिकारी कम्युनिस्ट पार्टीबीचको एकता आवश्यक रहेको ठहर गर्दै कता प्रक्रियालाई छिटै टुंगोमा पुर्याउने निर्णय गरेको हो।
दुई वामपन्थी दल नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकताको विषयमा निर्णायक छलफल चलाइरहेका बेला विप्लव र किरण नेतृत्वको माओवादीले समेत एकता प्रक्रिया अघि बढाएका हुन्।