राजनीति मुख्य समाचार

३ नम्बर प्रदेशमा एमाले संसदीय दल बन्न शाक्य र पौडेलबीच लडार्इँ

३ नम्बर प्रदेशमा एमाले संसदीय दल बन्न शाक्य र पौडेलबीच लडार्इँ

काठमाडौं । प्रदेश नम्बर ३ मा नेकपा एमाले संसदीय दलको नेताका लागि आज मतदान हुँदैछ ।

सहमतिको प्रयास असफल भएपछि अहिले निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन अधिकृत सुरेन्द्र थापाका अनुसार अहिलेसम्म ५ जनाले फर्म लिएका छन् ।

अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, डोरमणि पौडेल, रामेश्वर फुयाँल र गणेश दुलालले दलको नेताका लागि फर्म लिएको उनले जानकारी दिए । यसैबीच दलको नेताका लागि पौडेल र शाक्यबीच प्रतिष्पर्धा हुने देखिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पौडेललाई उमेदवार बनाउने तयारी गरेका छन् भने नेता माधव कुमार नेपाल पक्षबाट शाक्य प्रतिस्पर्धामा उत्रिएकी छन् । पाण्डे, फुयाँल र दुलालले उमदेवारी दिए पनि फिर्ता लिने तयारी छ । यसैबीच पाण्डेले आफू नजित्ने अवस्थामा दलको नेतामा प्रतिस्पर्धा नगर्ने बताएका छन् ।

विशेष