यस्ता कडा शब्दले ट्वीटरका आलोचकलाई निधिले ट्वीटरबाटै जवाफ दिए
काठमाडौँ । कांग्रेस नेता विमलेन्द्र निधिले सामाजिक सञ्जालमा आलोचना गर्नेहरुलाई जवाफ फर्काएका छन् ।
पछिल्लो समय आलोचनाको केन्द्रविन्दुमा रहेका निधिले समाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् :
गाली गर्ने शब्दहरु सिक्नु भएका र अश्लिल शब्द प्रयोग गर्न सामाजिक संजालमा समय खर्च गरी रमाई रहनुभएका तपाईसहित सबैलाई र तपाईका अभिभावकहरुस्मेतलाई संधै सुख र आनन्द प्राप्त भई रहोस्!शुभकामना छ!!
तर, उनको जवाफप्रति पनि उत्तिकै आलचेना भइरहेको छ ।
उनको ट्वीटमा जवाफ लेख्दै मीदम जीले लेखेका छन्,
अनि तपाइको बिरोध आलोचना गर्न नपाइने के तपाइहरु भगवान हो? एउटा नागरिक बनेर आत्म मुल्यांकन गर्नुस त तपाइहरुले देश कसरी राजनितिक स्वार्थ मा खोक्रो बनाउनु भाछ ? मेरो कर ले ज्यान पालेपछि गाली गर्न मज्जाले पाउँछु
त्यस्तै, कुन्दन कौशिक लेख्छन्,
आलोचना लोकतंत्र को गहना हो र आलोचना हुनै पर्छ तर अमर्यादित र असभ्य शब्दहरु को प्रयोग हाम्रै लागि घातक हो हाम्रो सन्ततिहरु ले सिक्ने त्यही हो र त्यही हामी तिर फरकाउँछ । यसमा ध्यान पुगोस ।
उनको समर्थनमा पनि केहीले ट्वीटरमा जवाफ लेखेका छन् ।
पारु लिम्बु लेख्छन्,
जसको संस्कार जस्तो हुन्छ त्यस्तै कुरा पनि गर्छ त्यसैले दुःख नमान्नु होला । ति बिचरा हुन एक संस्कार पाउन बाट वञ्चित आर्को अरूलाई गाली गरेर आनंद महसुस भएको आत्मरति पालेका अनि मानसिक रोगीको जमात हुन ।
त्यस्तै, स्वारी लेख्छन्,
यस्ता सबैलाई रेस्पोन्स गरेर सकिदैन दाजु ! व्यक्तिगत पूर्वाग्रह राखेर खराव प्रतिकृया दिनेलाई इग्नोर गर्नसके राम्रो होला !!